site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नयाँ बजार राष्ट्रिय पुरुष भलिबल चैतको अन्तिम साता
Sarbottam CementSarbottam Cement

काठमाडौं । चौथो नयाँ बजार खुला राष्ट्रिय पुरुष भलिबल चैतको अन्तिम सातादेखि हुने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत आयोजक नयाँ बजार सामाजिक युवा क्लबले चाँैथो सस्करण चैतको अन्तिम साता हुने  जानकारी गराएको हो ।

यस सस्करण २३ चैतदेखि २६ सम्म हुने आयोजक क्लबका अध्यक्ष भगवान थापाले बताए । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताका खेल नयाँ बजार टाउन प्लानिङस्थित सोसिएल ग्राउन्डमा सञ्चालन हुनेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कुल पुरस्कार राशीमा २५ प्रतिशतले बृद्धि भएको यस सस्करणमा तीन विभागिय टिम, भारतिय खेलाडी सम्मेलित मोफसलको क्लब र काठमाडौंको क्लबको सहभागीता रहने छ । जसअन्तर्गत नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी बलको एपीएफ, आयोजक नयाँ बजार युवा क्लब, जाउलाखेल क्लब, स्याङ्जाको आधिखोला भलिबल क्लब, हेल्प नेपाल र ढोरपाटन क्लबको सहभागीता रहनेछन् ।

प्रतियोगितामा सहभागी क्लबले नेपाल भलिबल संघको नियम अनुसार चार मात्र विदेशी खेलाडी सेटमा खेलाउन पाउनेछ । प्रतियोगिताको विजेताले एक लाख ७५ हजार एक सय एघार रुपैयाँ, उपविजेताले ९० हजार एक सय ११ रुपैयाँ, तेस्रो हुनेले ५१ हजार १ सय एघार र चौथोले २५ हजार १ सय एघार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । यस सस्करणमा बेस्ट प्लेयर तथा विधागत उत्कृष्टमा सटर, ब्लकर, डिफेन्डर, क्वीइकर र बेस्ट प्रशिक्षकलाई पुरस्कृत गरिनेछ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७३  १८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC