site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सलमानका लागि स्क्रिप्ट लेख्न तयार छैनन् सलिम खान
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलिउडमा यतिबेला कुनै निर्देशक छैनन् होला जो सलमान खानसँग चलचित्र बनाउन चाहँदैनन् । अभिनेत्री पनि सायदै होलान् सलमानसँग काम गर्न नचाहने र कुनै लेखक पनि छैनन् जसले सलमान खानका लागि स्क्रिप्ट नलेखुन् ।

अहिले यस्तै प्रकारको अभिव्यक्ति दिएका छन् सलमानका बुवा सलिम खानले । हालै एउटा न्युज च्यानलसँग अन्तर्वार्ताका क्रममा सलिम खानले भने, “आज यदि म कुनै स्क्रिप्ट लिएर अभिनेतासँग गएँ भने उनीहरूले भनिहाल्छन्, तपाईँको स्क्रिप्ट यति राम्रो छ, सलमानलाई नै लिएर चलचित्र किन बनाउनुहुन्न ?”

Prabhu Bank
Agni Group
NIC Asia

सलिम भने सलमान खानका लागि फिल्म स्क्रिप्ट अब कहिल्यै नलेख्ने बताउँछन् । यसको पनि कारण छ, यदि फिल्म फ्लप भयो भने सलमानले मेरै बुवाले फिल्म फ्लप गराइदिए भन्ने सोच्छन् । यदि चलचित्र हिट भयो भने सबै क्रेडिट सलमानलाई दिइन्छ । 
 जावेद अख्तरसँग मिलेर सलिम खानले बलिउडलाई हिट फिल्म दिएका छन् ।

‘जंजिर’, ‘दिवार’, ‘त्रिशुल’, ‘काला पत्थर’, ‘मिस्टर इन्डिया’ लगायतका फिल्मको स्क्रिप्ट सलिम–जावेदले लेखेका थिए । आजभोलि सलिम धेरै चलचित्र लेख्दैनन् । यता सलमान खानको कुरो गर्दा उनीसँग एकभन्दा अर्को ठूला चलचित्र छन् । केही सलमान खानले साइन गरिसकेका छन् । केही भने सलमानको पर्खाइमा छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७३  १५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC