site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
नक्सली हमलामा ज्यान गुमाएका सीआरपीएफका परिवारलाई अक्षयको सहयोग
Sarbottam CementSarbottam Cement

काठमाडौं । ११ मार्च सन् २०१७ मा छत्तीसगढको सुकुमामा भएको नक्सली हमलामा ज्यान गुमाएका १२ जना सीआरपीएफका परिवारलाई बलिउड स्टार अक्षय कुमारले आर्थिक सहायता गरेका छन् । 

अक्षयले ज्यान गुमाएका सैनिकको परिवार ९ लाख भारतीय रुपैयाँका दरले सहयोग गरेका हुन् । उनले जम्मा १ करोड आठ लाख रुपैयाँको आर्थिक सहयोग गरेका छन् । उनको यो सहयोगलाई सर्वसाधारण र उनका फ्यानले प्रशंसा गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सहयोगप्रति भारतीय गृहमन्त्री राजनाथ सिंहले अक्षय कुमारलाई धन्यवाद दिँदै उनको यो कदमलाई प्रशंसा गरेका छन् । गृहमन्त्री सिंहले अक्षयको यो कदमले अरूलाई समेत पीडित परिवारलाई सहयोग गर्न उत्प्रेरणा दिएको बताएका छन् । 

अक्षय कुमारले बिहीबार सबै परिवारको बैंक खातामा ९ लाख रुपैयाँको दरले रकम सहायता गरेका हुन् । सीआरपीएफले समेत विज्ञप्ति जारी गर्दै अक्षय कुमारले देश र सीआरपीएफप्रति राष्ट्रभक्ति र समर्पण देखाएको उल्लेख गरेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ५, २०७३  ००:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC