site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
डक्टर र पलायन
Sarbottam CementSarbottam Cement

"दाइ ! म त आत्तिसकें । सरकारले १०-५ सेवा भन्छ । आफ्नो त बेहाल छ। समयको टुंगो छैन । पढाइ त डामाडोल छ । म त सर्नुपर्‍यो । "

छात्रवृत्ति करारमा जिल्ला अस्पतालमा काम गरिरहेको एकजनाभाइले दु:खी हुँदैआफ्नोदिक्दारी प्रस्तुतगर्‍यो। यी थकित व्यक्तिका शब्दहरु हुन्कि अकर्मण्य मानसिकताको उपज, सोच्न बाध्य भएँ म । शरीरको काम गर्न सक्ने पनि एउटा सीमा हुन्छ। त्यो सीमा नाघेकोदिन शरीरिक र मानसिक अवस्थामा विचलन आउन सक्छ । शरीर कामको बोझले थाक्नु स्वाभाविक होतर जुन दिन हृदय थाक्छ, त्यो दिन मुस्कानसहितको सेवा भन्ने मर्म खोक्रो हुन्छ, देखावटी हुन्छ।

प्रसंग राष्ट्रबाट डक्टर पलायनको कुरा होइन । यो त एउटा कर्मथलोबाट थाकेको डक्टरको मनको विलौना हो। यो त सञ्चित दिक्दारिपन हो। त्यो कर्मथलोबाट उम्किन खोज्ने विचारको प्रादुर्भावले जन्मिएको पलायनवाद हो । राष्ट्रबाट डक्टरको पलायन त धेरै पहिलेदेखि नै मलजल गरी हुर्काइएको संस्कार हो। यदि कसैले यो कुरामा विमति राख्छ भने एक-दुई वर्षअघिसम्म शिक्षण अस्पताल (टिचिङ) महाराजगन्जबाट उत्पादित डक्टर कहाँ छन् भनेर खोज्दा अमेरिका भन्ने बाहुल्यबाट प्रमाणित हुन्छ । मन्त्रालयअन्तर्गत त म एमबीबीएस प्रवेश गर्नुभन्दा पहिलेदखि नै नेपालमा दुई वर्ष करार सेवा गर्नुपर्ने समझदारी थियो । दुई वर्ष सकेपछि कर्मथलोको ठेगाना भने म यकिनका साथ भन्न सक्दिनँ ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिले पनि छात्रवृत्ति करारमा २ वर्ष सेवा अनिवार्य गर्नुपर्ने बाध्यताले उत्पादित डक्टर छरिएका त छन्तर पहुँच, पाँडेपजनी र दामका आधारमा छरिँदा असमान भएको जस्तो लाग्छ । त्यसैले त चिकित्सक परिचालन भएको भन्दा पनि छरिएको मान्नुपर्‍यो। अतिवृष्टि र अनावृष्टि दुवै प्रकृतिका असन्तुलनका सूचक भएजस्तै कार्यबोझभन्दा डक्टरको संख्या बढी र कम हुनु पनि असन्तुलन हो । पक्कै राम्रो फल आउँदैन । कि धेरै चुटिएर प्रतिफल राम्रो हुँदैन कि धेरै हाइसन्चो भएर जनशक्तिको कार्यसम्पादन तन्द्रामा जान्छ ।

पलायनवाद झट्ट हेर्दा अकर्मण्य मानसिकताको उपज देखिए पनिकताकता सत्यर बाध्यता हो कि जस्तो लाग्छ । करारमा सेवा गरिरहेका डक्टरको सुविधामा सरकारले हरेक वर्ष अंकुश लगाउँदै आएको छ । न त दुर्गममा काम गरेको अंक प्राप्त हुन्छ न त बिदाका सम्बन्धमा लचिलोपना देखिन्छ । मुगुमा गएर सेवा गर्नु र राजधानीमा बसेर सेवा गर्नु उस्तै भएपछि मुगु जान त मनको अन्तस्करणले नै डोर्‍याउनुपर्छ। सक्नेले भनसुन गरेर सकेसम्म घरपायक आनन्दको ठाउँ नियुक्ति गराउँछ । कतै केहीसीप नलाग्नेहरु अलि टाढा छरिन्छन् । त्यसैले दुर्गममा करारमा काम गर्ने डक्टरलाई पनि प्रोत्साहन गर्नुपर्छ । उनीहरुलाई हेर्ने दृष्‍टिकोण सकारात्मक हुनुपर्छ । जागिरको सुरुमा वितृष्णाको बीउ रोपिए अडाएर राख्न गाह्रो हुन्छ । स्थायी डक्टरलाई प्राथमिकतामा राखेर सुविधा दिनुको कारण जुन ठाउँमा भए पनि अन्त्यमा सरकारको सेवाभित्रै हुन्छ भन्ने मान्यताले हुनुपर्छ । तर, स्थायी डक्टरको पनि दुर्गममा जाने होडबाजी हुनु अन्तस्करणले भन्दा दुर्गमको अंकले एमडी पढ्न सजिलो हुने भएर हो ।

Global Ime bank

सामान्यतया प्राथमिक स्वास्थ्यकेन्द्र सदरमुकामभन्दा बाहिर रहेकाले दुर्गम मानिन्छ । केही समयअघिको सरकारी निर्देशनले प्राथमिक स्वास्थ्यकेन्द्रमा कम्तिमा दुई जना डक्टरभनेको छ । अब अपवादलाई छोडेर प्राथमिक स्वास्थ्यकेन्द्रमा जिल्ला अस्पातलमा जति कार्यव्यस्तता हुँदैन जस्तो लाग्छ । कति ठाउँमातघाम तापेर सुन्तला र बदाम खाएर दिन काट्छन् । त्यस्तै ठाउँमा डक्टरको संख्या बढी हुनु विडम्बना हो । तर, जिल्ला अस्पातलका हकमा भने कम्तीमा कतिजना मेडिकल अधिकृत भन्ने कुरामा सबै मौन छन् । जहाँ अधिकांश अस्पतालमा दुई जना स्थायी मेडिकल अधिकृतको दरबन्दी हुन्छ । यो मेडिकल अधिकृतमात्र नभएर अरु स्वास्थ्यकर्मीका हकमा पनि लागू हुन्छ । प्राथमिकता नै प्राथमिक स्वास्थ्यकेन्द्र भएपछि के गर्नु ? प्राथमिकता त आवश्यकता र सेवाको प्रकृतिअनुसार हुनुपर्ने हो ।

जिल्लाका कार्यालय प्रमुखको हाजिरी त रातो रंगले रंगिएको नौलो कुरो होइन । गोष्ठी, मिटिङ, ट्रेनिङ, भ्रमण, प्रसाशनिक काम आदिले व्यस्त हुन्छन् । ती गोष्ठी, मिटिङ आदिमा भत्ता हुन्छ । भत्ता भएपछि त १० देखि ५ बाहेकको समयमा राख्दा हुने हो ! केही अपवादका कार्यालय प्रमुखबाहेक अरुले ओपीडी बसेर बिरामी हेर्लान् भन्नु त आशमात्रै हुन्छ । यो राष्ट्रिय समस्या हो भन्दा अतिशयोक्ति नहोला । दुर्गमका आधारमा सुविधा दिनु राम्रो हो तर कार्यव्यस्तता, बिरामीको संख्या, सेवासमयको अंक, बढुवा र आर्थिक कुनै पनि रुपले कदर र प्रोत्साहन नहुने हुँदा कर्मठ व्यक्तिको हृदय अवश्य थाक्छ । ती थाकेका आँखाले केवल श्रमशोषण नै देख्छ ।

स्वास्थ्य संस्थामा १० देखि ५ ओपीडी सेवा दिने निर्देशन जनप्रिय देखिन्छ । तर, बाँकी रहेको समयमा पनि अस्पतालमा बिरामी हेर्नुपर्ने हुन्छ । अझै अपरेसनको सुविधा भएको केन्द्रको कार्यव्यस्तता तुलनात्मक रुपले बढी हुन्छ । जिल्ला अस्पताल अन्य स्वास्थ्यसंस्थाको रेफर गर्ने ठाउँ हुनाले बिरामी संख्या अवश्य बढी हुन्छ । डक्टर आफ्नो ड्युटी नसकिँदासम्म तनावमै हुन्छ ।

'फलानो बेडको बिरामीलाई सुधार देखिएको छैन, फलानो बेडको डेलिभरी हुन बाँकी छ । इमर्जेन्सीमा राखिएको बिरामीको रिपोर्ट आयो कि आएन । फलानो बिरामीलाई रिफर गर्नुपर्ने जस्तो छ । ओपीडी भीडभाड थियो । कतै कुनै बिरामीमा भुलचुकत भएन । आज गरेको पोस्ट्मोर्टेममा मृत्‍युको कारण त्यही हो त ? ओपीडी त सकियो । अब आजको राति कत्तिको सजिलो हुने हो'जस्ता कुरा मानसपटलमा घुमिरहेका हुन्छन् । अब कहिलेकाहीँ यसरी दिमागलाई कसरत हुनु त ठिकै हुन्छ । सधैंजसो त्यही कसरत दोहोरिए त्यो कसरत तनाव हुन्छ । अनिँदो वा काँचो निद्राको रातपछि अर्को दिन आनन्दले सुत्न पाए त राम्रै हुन्थ्यो । त्यसो गर्दा आफ्नै समकक्षी साथी ओपीडीमा पेलिएको देखेर मनले मान्दैन । यतिका तनाव लिनुभन्दा त हाइसन्चो ठाउँ खोजेर बस्न पाएसम्म कसको मनले खोज्दैन होला र ? सुन्तला खाएर दिन कटाउन मिल्ने र कहिलेकसो हाजिर गरेर काम हुने ठाउँका समकालीन साथीहरु देखेर बिस्तारै जाँगर मर्दै नजाला र ?

आखिर तलब सबको एउटै हो । दुर्गमको भत्तामात्रै फरक हुने हो । सार्वजनिक बिदाको सेवा र अतिरिक्त सेवाको पारिश्रमिक पाउनु भनेको फलामको चिउरा चपाएसरह हुन्छ । सट्टा बिदा र अतिरिक्त सेवा बिदा मिलाएर लिन त हुन्थ्यो तर बिदा सहुलियत हो, सुविधा होइन । पारिश्रमिकको दाबी गर्‍यो- कहिले भत्ता पुगेन भन्छन् त कहिले हाकिमले सदर गर्दैनन् । कहिले मुस्किलले केहीमात्रै चाख्न पाइन्छ त कहिले यत्तिकै आश्वासनमै नयाँ आर्थिक वर्ष सुरु हुन्छ । अब नपेलिएको भनेर कसरी भन्नु ? काम गरिरहेका डक्टरहरुमा पनि कसैलाई अपर्झट काम पर्छ अनि बिदामा बस्छ । त्यही बेलामा ट्रेनिङको चिठी आउँछ । बल्लतल्ल आएको ट्रेनिङ जानै पर्‍यो ! तर ती आवश्यक तालिम डक्टरलाई नियुक्ति दिनुभन्दा अगाडि (पढाइकै दौरान) दिएर पठाउँदा कार्यस्थलमा काम गर्न पनि सहज हुने र संस्था खाली हुनबाट पनि जोगिने थियो । नियुक्ति भएर हाजिर भएको केही दिनदेखि नदेखेको पोस्ट्मोर्टेममा र अन्य मेडिकोलेगल केसमा होम्मिनु पर्छ । अनि कालान्तरमा अदालतले देशको जुनसुकै कुनामा भए पनि झिकाउन आदेश दिन्छ ।

यहाँ हात धुन सिकाउनेदेखि लिएर अइरन खानुपर्छ है भन्नेसम्म ट्रेनिङ हुन्छन् । ट्रेनिङमा सीपको मोहभन्दा पनि भत्ताको मोह हावी हुन्छ । अब सबै जना कतै न कतै गएपछि जिल्ला अस्पातलबाहिर कार्यरत प्राथमिक स्वास्थ्य केन्द्रक डक्टरमध्ये कोही एक जनालाई काजमा बोलाउन खोज्दा कि त उनीहरु पनि बिदामा हुन्छन् कि ट्रेनिङमा कि त आउन हम्मे-हम्मे हुन्छ । अब बाँकी रहेको कहिले एकजना त कहिले दुईजना बुख्याँचाले मात्रै ५ जनाको कामको भार धेरै पटक लिनुपर्दा पलायनको विचार पलाउँछ । एनजीओको सहकार्यमा चलेका जिल्ला अस्पतालमा सेवा भने राम्रो हुन्छ । सेवाको सराहना गर्नुपर्छ । तर, कार्यव्यस्तता पनि उस्तै हुन्छ । काम गरेर मात्रै पनि भएन । आउँदो उच्च परिक्षाको तयारी पनि त गर्नुपर्‍यो ! 

"डाक्साप ! अस्पातलको स्तरोन्नति त भएको हो । अस्ति दसौं तहको डक्टर झुल्किनुभएको थियो तर काठमान्डू गएपछि देखिनुभएन ।"

म काम गर्न जाँदा सुरुमा अस्पतालको इमर्जेन्सीका कर्मचारीले भनेका थिए । "किन डाक्साप फर्किएर आउनुभएन त ?" भनेर सोध्दा हँसिलो मुद्रामा भन्नुभयो, "डाक्साप ! न त प्राइभेट चल्छन त जनस्वास्थ्यसँग जोडिएको छ । जनस्वास्थ्य धनस्वास्थ्य जस्तै हो । यो जनस्वास्थ्यसँग छुट्टिएको अस्पातल पर्‍यो । धनस्वास्थ्य छोडेर को विशुद्ध कर्मस्वास्थ्यमा आउँछ ? न भ्रमण आदेश हुन्छ....।"

शायद स्तरोन्नति भएका अस्पातलको अवस्था अन्य स्थानमा पनि यस्तै होला । स्तरोन्नति भएर ५० बेड, अञ्चल आदि भएका अस्पातल अहिले पनि प्राथमिक स्वास्थ्य केन्द्रजस्तै छन् । बिस्तारै बामे सर्दैछन् । छिट्टै आफैँ उभिएर हिँड्न सक्ने होऊन् भन्ने कामना गर्नुबाहेक हामी काम गर्नेसँग विकल्प छैन ! 

अहिले काम गर्नेभन्दा पनि पछिको पढाइको तयारी गर्ने ध्याउन्न बढी देखिन्छ । त्यो स्वाभाविक पनि हो । पढाइ कहिल्यै नसकिने गरी विधा-विधा निस्किरहेका छन् । प्रतिस्पर्धा प्रत्यक वर्ष तीखो हुँदैछ । सरकारले १०-५ बाहेकको समयलाई स्वास्थ्य सेवाबाट सार्थक तुल्याइरहेका स्वास्थ्यकर्मीको उचित प्रोत्साहनर कदर गरोस् भन्ने कामना छ । सबैजना निद्रामा सपना देखिरहेका बेला उठेर बिरामीको सेवा गरिरहेका स्वास्थ्यकर्मी, चिकित्सकको मर्म बुझ्नुपर्ने देखिन्छ ।

'दरिद्र हो नरमा नाउ कसको, उद्यमबिना बित्दछ काल जसको' भन्ने मनप्रिय श्लोकले कर्मशील हुनुपर्छ भन्ने सन्देश दिन्छ । अकर्मण्यता व्यक्तिविशेषको स्वभाव हुन सक्छ । कसैको अकर्मण्यतालाई तुलना गरेर जस्तो भए पनि कर्मठ व्यक्तिहरु लालायित हुन सुहाउँदैन । राष्ट्रले कदर नगरे पनि आफ्नो कामप्रतिको आत्मसन्तुष्टि सबैभन्दा ठूलो कुरा हो । व्यक्तिको ऐस समाजबाट सुरुहुँदै एकदिन राष्ट्रमा फैलिन्छ । ढिलोचाँडो कर्मशील व्यक्तिको छवि अकासिन्छ नै ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २१, २०७३  १०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC