site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
नरेन्द्र मोदी फेसबुकमा सबैभन्दा बढी फलो गरिएको विश्वका नेता, अरु को–को छन् ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदी फेसबुकमा सबैभन्दा बढी फलो गरिएको विश्वका नेता भएको एक अध्ययनले देखाएको छ ।
समाचारअनुसार उनको व्यक्तिगत  एकाउन्टलाई ४० मिलियन भन्दा बढीले फलो गरेको बुर्सोन मार्सेस्टेलेरलाई उद्धृत गर्दै दि टाइम्स अफ इन्डियाले जनाएको हो ।
विश्वका १६९ सरकारका ५५९ पेसबुक पेजको विश्लेषण गरिएको थियो । जसमा ८९ राष्ट्र प्रमुख, ७० प्रधानमन्त्री तथा ५५ मन्त्रीहरुको फेसबुक क्राउड ट्यांगल टुल मार्फत प्राप्त एग्रिगेट डाटा प्रयोग गरेर सन् २०१६ भरि अध्ययन गर्दा यो तथ्य प्राप्त भएको हो । 

यस अध्ययनमा मोदी पछाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प २० मिलियन फलोअर्ससहित दोस्रो स्थानमा रहेको र तेस्रो नम्बरमा भारतकै प्रधानमन्त्रीको आधिकारिक एकाउन्ट पाइएको बताइएको छ । यसको १३ मिलियन फलोअर्स रहेका छन् ।

उक्त रिपोर्टका अनुसार  अध्ययानमा  विश्वका नेताहरु मध्ये सन् २०१६ मा मोदीको सबैभन्दा बढी इन्टर्याक्सनहरु (लाइक, कमेन्ट तथा शेयर) पाइएको बताइएको छ ।
मोदीका सबैभन्दा लोकप्रिय तस्बिर मध्ये उनको आमाले प्रधानमन्त्रीको  अधिकारिक निवास भ्रमण गरेको हो । उनको एकाउन्टमा १६९ मिलियन इन्टर्याक्सन पाइयो भने दोस्रो नम्बरमा क्याम्बोडियाका प्रधानमन्धी हुनसेनको एकाउन्टमा पाइएको बताइएको छ । यसमा  ५८ मिलियन इन्टर्याक्सन भएको पाइएको छ ।
ओबामाको ह्वाइट हाउस पेजमा कुल ३६ मिलियन इन्टर्याक्सन पाइएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७३  १३:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC