site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

फागुन ७ गते नेपाली समाज सामन्ती मध्ययुगबाट आधुनिक लोकतन्त्रमा प्रवेश गरेको दिन हो । त्यसपछिका सबै परिर्वतनहरूको बीजारोपण त्यही २००७ सालको जनक्रान्तिमा भएको थियो । जनक्रान्तिको उपलब्धि थियो — फागुन ७ को घोषणा । राणाहरूको निरंकुश जहानियाँ शासनबाट नेपाली जनतालाई मुक्त बनाउने ध्येय राखेर नेपाली कांग्रेसले सशस्त्र जनक्रान्तिको आह्वान गरेको थियो । ‘राजनीतिका साथै आर्थिक समानताका आधारमा उभिएको प्रजातन्त्रवादलाई’ आदर्श मानेर नेपाली कांग्रेसले जनक्रान्ति गरेको थियो । तर, त्यसपछिका ६५ वर्षहरूमा नेपाली जनताले विकास र प्रगतिका नाममा धोकामात्र पाए । शासकहरूको अनुहार फेरियो तर निरंकुश शैली र सामन्ती चरित्र निरन्तर रह्यो । समयसँगै हुने परिवर्तनबाहेक जनताको स्वाभिमान र स्वतन्त्रता बढाउन सत्तासीनहरूले कहिल्यै प्रयास गरेनन् । अर्थात्, व्यर्थ भयो २००७ सालको फागुन ७ नेपाली जनताका लागि ! 


बितेका ६५ वर्षमा नेपाली समाजमा परिवर्तन र प्रगति भएन भन्नु अन्याय हुन्छ । शिक्षा, स्वास्थ्य, राजनीतिक चेतना, आर्थिक आकारजस्ता विविध विषयमा ठूलो परिवर्तन भएको छ । शिक्षा प्राप्त गर्नेहरूको संख्या बढेको छ । शिक्षण संस्थाको व्यापक विस्तार भएको छ । तर, शिक्षा गरिबको पहुँचबाट झन् झन् टाढा हुँदैगएको छ । शिक्षाले विद्यार्थीलाई असल मानिस र कुशल शिल्पी बनाउनुको साटो आत्मकेन्द्री एवं स्वार्थी बनाएको छ । स्वास्थ्य सुविधामा व्यापक विकास र विस्तार पनि भएको छ । तर, साथमा पैसा हुनेका लागि उपचारको ढोका निकै फराकिलो भए पनि गरिबका लागि सुलभ हुनसकेको छैन । जनसंख्यासँगै अर्थतन्त्रको आकार पनि बढेको छ । मूलतः कृषिमा आधारित नेपालको र्अथतन्त्र उद्योग, व्यापार, सेवा क्षेत्रमा विस्तार पनि भएको छ । तर, आर्थिक असमानता कहालीलाग्दो गरी बढेको छ । बिस्तारै क्रुर पुँजीवादको दुष्परिणाम स्वरूप सीमित व्यक्तिका हातमा असीमित सम्पत्ति थुप्रिएको छ भने बहुसंख्यक बिस्तारै तन्नम हुँदै गएका छन् । भौतिक सुविधा र पूर्वाधारको विकास अपेक्षित मात्रा एवं गतिमा नभए पनि धेरै काम भएको छ । तर, राज्यको ढुकुटीबाट भौतिक पूर्वाधारमा भएको लगानीको प्रतिफल भने बीपी कोइरालाले भन्नेगरेका ‘भुइँफुट्टा वर्ग’को हातमा पुगेको छ । अर्थात्, २००७ सालको जनक्रान्तिको ‘राजनीतिका साथै आर्थिक समानताका आधारमा उभिएको प्रजातन्त्रवाद’को आदर्शको सपना भंग भएको छ । ध्येय नै विफल भएको फागुन ७ लाई संझिरहनुको के तुक छ र ?

Prabhu Bank
Agni Group
NIC Asia


बेथिति जताततै बढेको छ तर बेथितिविरुद्ध आवाज सुनिनै छाड्यो । पञ्चायत वा राणा कालमा जस्तो भित्ताको पनि कान हुन्छ भनेर कसैले भन्दैन । कुनै पनि मामिलामा चित्त बुझेन भने सामाजिक सञ्जालमा चर्को आक्रोश व्यक्त पनि हुन्छ । तर, व्यक्तिले आपूmलाई नितान्त एक्लो ठान्ने र सामाजिक राजनीतिक दायित्व बोध र वहन नगर्ने प्रवृत्ति झन् बढेर गएको छ । अहिले कसैले पनि न्याय वा सत्यको जित हुन्छ भनेर विश्वास गर्नसक्ने अवस्था छैन । न्यायाधीश नियुक्ति राणकालीन पँजनीजस्तै तजबिजमा भएको देखेको व्यक्तिले न्यायपालिका निष्पक्ष, स्वतन्त्र र सक्षम भन्ने  विश्वास कसरी गर्ने ? प्रहरी प्रमुखको नियुक्तिमा पार्टी विशेषको भागबन्डा हुने र विधि, परम्परा, संगठनको हितभन्दा व्यक्ति विशेषको कृपा निर्णायक हुन थालेको देखेपछि संगठनका सुरक्षाकर्मीको मनोबल कसरी कायम रहन्छ ? अनि त्यस्तो संगठनप्रति जनसाधारणको विश्वास कसरी जाग्छ ? शासन सञ्चालनका विधि र प्रक्रिया नै व्यक्तिलाई कमजोर बनाउने र बाहुबली गिरोहको शक्ति बढाउने गरी बनाउन थालिएपछि नागरिकले राज्यलाई कसरी आफ्नो संरक्षक ठान्ने ? ऐनकानुनले रोकेको थाहा हुँदाहुँदै राष्ट्रसेवक भनिने कर्मचारीहरू चुरे दोहनमा लागेका राष्ट्रद्रोही अपराधीहरू कानुनबमोजिम कारबाही गर्न डराउँछन् भने राज्यको डर किन मान्ने ? संविधानले नै किटान गरेको निर्वाचन गर्ने दिनसमेत सरकारले घोषणा गर्न नसक्ने हो भने मुलुकमा लोकतन्त्र अर्थात् विधिको शासन छ भनेर कस्ले पत्याउने ? मुलुक संघीय गणतन्त्र घोषित भइसके पनि राष्ट्रपतिको ‘सवारी’ चलाइन्छ र सर्वसाधारण जनतालाई राणा प्रधानमन्त्री वा शाह राजाहरूकै शैलीमा प्रताडित गरिन्छ भने कसरी भयौँ र हामी सार्वभौम नागरिक ? 
यस्ता प्रश्नहरूको उत्तर नखोज्ने, राष्ट्रियता, स्वतन्त्रता र स्वाभिमानमा चोट पुग्दा पनि मुख नखोल्ने अनि सबै बेथिति टुलुटुलु हेरेर बस्ने हो भने हामीलाई फागुन ७ मनाउने हक छैन । भयो, अब नमनाऊँ फागुन ७ ! 

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ८, २०७३  १९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC