site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
अमेरिकाका ४५ औं राष्ट्रपति ट्रम्पको सपथ आज,ह्वाइटहाउसमा के छ विशेष व्यवस्था ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज सपथ ग्रहण गर्दैछन् । उनी अमेरिकाका ४५ औं राष्ट्रपति हुन् । 
डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
उनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीशले सपथ ग्रहण गराउनेछन् । उनको सपथको तयारी पूरा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा उनको सपथको तयारी कस्तो गरिएको छ त ? यस्तो छ, बीबीसी हिन्दीका लागि ब्रजेश उपाध्यायले गरेको रिपोर्ट ः

वाशिंटनमा २० जनवरी जब बिहान हुन्छ तब राष्ट्रपति ओबामा ह्वाइट हाउसको पलङबाट आँखा खोल्छन् । तर जब रात पर्छ त्यहाँ ओबामा नभएर डोनाल्ड ट्रम्प निदाउनेछन् । 
दिउँसोको ठीक १२ बजेसम्म ह्वाइट हाउस ओबामाको हुनेछ । परम्पराअनुसार एक मिनटअघि पनि नयाँ राष्ट्रपति त्यहाँ प्रवेश गर्न पाउने छैनन् । 
वर्षौँदेखि चलिरहेको परम्पराअनुसार शासन परिवर्तनका लागि ह्वाइट हाउसका कर्मचारीसँग मात्र ६ घन्टाको समय हुन्छ ।

बिहान झण्डै साढे १० बजे जब डोनाल्ड ट्रम्प उद्घाटन भाषणका लागि तयार हुन्छन्, दुई ठूला ट्रक ह्वाइट हाउस भित्र पस्छन् र विपरीत दिशातिर फर्केर बस्छन् । 
सयभन्दा बढी स्टाफ तैनाथीका साथ एक ट्रकमा राष्ट्रपति ओबामाको बाँधेको सामग्री राख्न सुरु गर्छन् र, दोस्रो ट्रकदेखि डोनाल्ड ट्रम्पका सामान उतार्न थाल्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मिडियालाई बताइएअनुसार ह्वाइट हाउस व्यवस्थापनले सबै कुरा फौजी तन्दुरुस्तका साथ हुने बताएको छ । 
त्यस्तै तरिकाले पर्खालको रंगरोगन हुन्छ । नयाँ कार्पेट लगाइन्छ । सिसाहरूको सरसफाइ गरिन्छ । र, साँझ परेपछि १ सय ३२ कोठाको ह्वाइट हाउस नयाँ राष्ट्रपति र उनको परिवारलाई स्वागत गर्न तयार हुन्छ । 

विशेषतः जब नयाँ राष्ट्रपति ह्वाइट हाउसमा प्रवेश गर्दैनन् तबसम्म सबै जिम्मेबारी उनको आफ्नै हुन्छ ।

Global Ime bank

बाराक ओबामा जब सन् २००९ मा सिकागोबाट वाशिंटन आएका थिए, त्यतिबेला उनले सबै ढुवानी खर्च आफैँ बेहोरेका थिए । र जब एकपटक उनको सामाग्री ह्वाइट हाउसका स्टाफको जिम्मा हुन्छ ।

तब, त्यसलाई कसरी खोल्ने, कहाँ राख्ने सबै काम कर्मचारीको जिम्मेबारी हुन्छ । 
सामान्यतया सबै राष्ट्रपति र उनकी श्रीमतीले ह्वाइट हाउसभित्रको सजावटमा आफ्नो तरिकाले परिवर्तन गर्छन् । डोनाल्ड ट्रम्प आफ्नी पत्नी मेलानिया ट्रम्पसँग चमकदार पेन्टिङ, सुनौलो पलङ, महँगो झुमर र कलाकारिताले सजिएको ठाउँमा बस्ने बानी परेका छन् ।

तर उनले भनेका छन्, कि उनी ह्वाइट हाउसको सजावटमा कुनै विशेष परिवर्तन गर्ने छैनन् । त्यही पनि नयाँ राष्ट्रपति भित्र प्रवेश गर्छन् र पछि केही फेरबदल गर्न सक्छन् । न्युयोर्क पत्रिकाका अनुसार मेलानिया ट्रम्प एक ‘ग्लामरस रुम’ बनाउन चाहन्छिन् । जुन उनको मेकअप र साजसज्जाका लागि हुनेछ । 
पत्रिकाका अनुसार उनको मेकअपमा सवाघण्टा समय लाग्छ र उक्त कोठाको प्रकाश र बाँकी सजावटमा विशेष ध्यान दिइनेछ । सामान्यतया ऐतिहासिक महत्वको वस्तुहरुमा परिवर्तन गरिँदैन । तर, पूर्व राष्ट्रपतिहरूले केही सानातिना परिवर्तन भने गरेका थिए । 

ओबामाले एक टेनिस कोर्टलाई बास्केटबल कोर्टमा परिवर्तन गराएका थिए । फोर्डले एक आउटडोर स्विमिङ पुल बनाएका थिए र क्लिन्टनले सातआठ सिटवाला एक हट टब बनाएका थिए ।

बीस जनवरी साँझ जब ट्रम्प आफ्नो भाषण, परेड र इनगरल बल भनिने समारोहबाट फर्किन्छन् तब केही खाना तयार हुन्छ । जुन ह्वाइट हाउसको भान्सेको मनपराइएको हुनेछ । 
तर, अर्को बिहानबाट मनपर्ने नपर्ने मात्र एक व्यक्तिको निर्णय हुनेछ– डोनाल्ड ट्रम्पको ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७३  ०९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC