ad

विदेश

थाइल्याण्डको बाढीमा २१ को मृत्यु, ३१ लाख प्रभावित

काठमाडौं ।  थाइल्याण्डमा आएको बेमौसमी बाढीमा परी कम्तिमा २१ जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ । समाचारअनुसार सो बाढीले रब्बर उत्पादन क्षेत्रमा व्यापक क्षति पुगेको छ । यसका कारण धेरै पूर्वाधारहरु पनि बन्द हुन पुगेको बताइएको छ ।

थाइल्याण्डमा जनवरीमा ठूलो पानी र बाढी आउनु असाधारण मानिन्छ । थाइल्याण्डका ६७ प्रान्त मध्ये १२ मा सो बाढीले व्यापक क्षति पुर्याएको छ । सो बाढीका कारण ३१ लाख मानिसहरु प्रभावित भएको त्यहाँको सरकारी निकायले जनाएको छ ।

तपाईंको मत