site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई चिनियाँ चित्रकारको एक टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा भेटी प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सि जिन पिङका चित्र हस्तान्तरण गरेको छ  ।

भारतको गोवामा हालै सम्पन्न ब्रिक्स सम्मेलनका क्रममा ती दुई शीर्ष व्यक्तित्वबीच  द्विपक्षीय भेटवार्ता हुँदा खिँचिएको तस्बिरलाई  चिनियाँ चित्रकारले उतारेका थिए । सो अवसरमा प्रधानमन्त्रीले आफू चिनियाँ कलाबाट प्रभावित भएको बताउँदै यसले नेपाल र चीनबीचको सम्बन्धमा थप हार्दिकता थपेको बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्रीले नेपाल र चीनबीचको जनस्तरमा विकसित सम्बन्धले दुई देशबीचको सम्बन्धमा प्रगाढता ल्याउने बताउँदै जनता–जनताबीचको सम्बन्ध विकसित गर्न यस्ता कदम स्वागतयोग्य भएको बताए । चिनियाँ टोलीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलगायत नेपालको ऐतिहासिक विषय समेटेर चलचित्र तयार भइरहेको पनि प्रधानमन्त्रीलाई अवगत गराएको थियो ।

रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७३  ११:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC