बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
लोकमानले लोकतन्त्रको अपमान गरे : सांसद्
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, कात्तिक २६, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौँ । व्यवस्थापिका– संसद्को शुक्रबारको बैठकमा बोल्दै सांसदहरूले अख्तियारका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले लोकतन्त्रमा खतरामा पारेको बताएका छन् ।
संसदमा बोल्दै सांसद् सुरेन्द्र चौधरीले लोकमानलेल पदीय मर्यादाको दुरुपयोग गरेको बताए । न्यायीक काममा हस्तक्षेप गरेको, सर्वोच्चको म्याद तामेलीमा गुन्डागर्दी गरेर न्यायालयको अपमान गरेको भन्दै कार्की कारवाहीको भागिदार हुनुपर्ने धारणा राखे । “संवैधानिक निकायको प्रमुखले समानान्तर सरकारको अभ्यास गरे यो क्षम्य कुरा होइन, लोकमानलाई कारवाही हुनैपर्छ,” उनको भनाई थियो । 
त्यस्तै उनले लोकमानसिंह कार्की नेपाली राजनीतिको उपज भएको बताउँदै नेताहरूले आफ्नो कर्तुत ढाकछोप गर्न लोकमान ल्याएको आरोपसमेत लगाए ।  
त्यस्तै एमाले सांसद् सीता गिरी ओलीले महाअभियोगको प्रस्ताव कुनै हालतमा पास गर्नुपर्ने जिकिर गरिन् । नेपाली जनताले कानुनी राज्यको प्रत्याभूत गर्न पाउनुपर्छ । “मुलुकमा लोकतन्त्र संस्थागत हुनुपर्छ । लोकमातन्त्र होइन,” उनको भनाई थियो । 
लोकमानको आचरण लोकतन्त्रको मूल्यमान्यता विपरित भएकाले महाअभियोगको प्रस्ताव पास गर्नुको विकल्प नरहेको उनको जिकिर थियो ।  लोकमानले जनप्रतिनिधिलाई आतंकित तुल्याएको, ठूला भ्रष्टलाई केही नगरेको र विकास आयोजना प्रभावित गरेको उनको आरोप थियो । 
यस्तै एमालेकै अर्का सांसद् पाँचकर्ण राईले पनि लोकमानलाई महाअभियोग लगाउनुपर्ने बताउँदै यसमा सबै सांसद् एकमत हुनुपर्ने राय राखे । व्यवस्थापिका– संसद बैठक सोमबारसम्म स्थगित भएको छ ।  
 
Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, कात्तिक २६, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्