राजनीति
काठमाडौं । भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाबीच भेटवार्ता भएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपकाअनुसार कांग्रेस सभापति देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लीमा मंगलबार बिहान भेटवार्ता भएको हो ।
पाँच दिनका लागि भारत भ्रमणमा गएका कांग्रेस सभापति देउवाले यसअघि मोदीका सुरक्षा सल्लाहकार अजित डोभल, भाजपाका नेताहरुसँग पनि भेटवार्ता गरेका छन् । देउवाको अहिलेको भारत भ्रमणलाई नेपालको राजनीतिमा महत्वका साथ हेरिएको छ ।
तस्बिर, विकास स्वरूपको ट्वीटरबाट
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३ १२:३३
प्रतिक्रिया दिनुहोस्