site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । लगानी बोर्डमा हालै नियुक्त भएका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीको शैक्षिक न्यूनतम योग्यता नपुगेको भन्दै सो निर्णय वदर गर्न सर्वोच्चमा रिट परेको छ ।
 
सीईओका प्रत्यासी तथा पूर्वसीईओ राधेश पन्तले पूर्वडेपुटी गर्भनर समेत रहेका अधिकारीको शैक्षिक योग्यता नपुगको जिकिर गर्दे सर्वोच्चमा रिट दायर गरेपछि न्यायाधीश गोविन्दप्रसाद उपाध्ययाको इजलासले नियुक्तिको कारण देखाउन सरकारलाई आदेश दिएको छ । 
 
लगानी बोर्ड ऐन २०६८ को दफा १३ मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ वा परियोजना विश्लेषण र वाणिज्य कानुन विषयमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था रहेकोमा उनको न्यूनतम शैक्षिक योग्यता नपुगेको जिकिर गर्दे उनको नियुक्तिको निर्णय बदर गर्न पन्तले मंगलबार सर्वोच्च रिट दायर गरेको बताए । 
 
“आफूलाई यस विषयमा जानकारी थिएन” उनले बाह्रखरीसँग भने “कानुन व्यवसायीले न्यूनतम शैक्षिक योग्यता नपुगेको भनेपछि मैले वदरका लागि सर्वोच्चमा रिट दायर गरेको हो ।” अधिकारीले पहिला चाटर्ड एकाउन्टेन्सी र पछि बीबीएको प्रमाणपत्र पेश गरेको र एनेले तोकेको शैक्षिक योग्यता नपुगेको उनको दाबी छ । 
 
चार वर्षअघि सीईओमा नियुक्त गरेकोमा सुशील कोइराला नेतृत्वको सरकारले कार्यसम्पादनका आधारमा पुनः नियुत्त गरेकोमा वर्तमान सरकारले अर्को व्यवस्था नहुँदासम्म काम गर्न भने पनि वैशाखको पहिलो साता अधिकारीलाई सीईओमा नियुक्त गरेको थियो ।  
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७३  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC