site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भारतीय राष्ट्रपति नेपाल भ्रमणका क्रममा काठमाडौं अवतरण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । भारतका राष्ट्रपति प्रणव मुखर्जीे नेपालको तीनदिने राजकीय भ्रमणका लागि बुधबार दिउँसो काठमाडौं आइपुगेका छन् ।  
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति मुखर्जी नेपाल भ्रमणमा आएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षी मुखर्जीलाई स्वागत गरेकी छन् । राष्ट्रपति भण्डारीले मुखर्जीलाई पुष्पगुच्छाले स्वागत गरिन् । मुखर्जीको स्वागतार्थ उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल पनि विमानस्थल पुगेका थिए ।   
उनको सम्मानमा सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । अठार वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण भएको हो । यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले विसं २०५५ जेठ १४ गते यहाँको भ्रमण गरेका थिए ।  
भारतका राष्ट्राध्यक्षको भ्रमणका लागि नेपाल र भारतका झन्डा तथा स्वागत सन्देशका तुलहरु चोकचोकमा राखिएको छ । उनको सवारी रुटमा पर्ने सडकमा स्वागतार्थ द्वारहरु बनाइएका छन् । 
राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति मुखर्जीले बुधबार नै शीतलनिवासमा भेटवार्ता गर्नेछन् । उनको सम्मानमा राष्ट्रपति भण्डारीले बुधबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७३  १२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC