site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । संयुक्त लोकतान्त्रीक मधेसी मोर्चा र संघीय गठबन्धनले लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्ति र उनी विरुद्व महाभियोग ल्याउनुको तीन दलले स्पष्ट कारण दिएपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको छ । सरकारलाई समर्थन गरेको गठबन्धनसँग कुनै सल्लाह नगरी ल्याइएको महाभियोग प्रस्ताव लगाउनुको चित्तबुझदो कारण दिएपछि मात्र यसबारेमा आफूहरुको औपचारिक धारण सार्वजनिक गर्ने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिए । 
बिहीबार राजधानीस्थित संघीय समाजवादी कार्यालयमा बसेको बैठकमा उपस्थित अधिकांस नेताहरुले लोकमानल सिंह कार्कीले एमाले र माओवादीका नेताहरुको भ्रष्टाचारको फाइल खोल्ने भएपछि उनीविरुद्व महाभियोगको प्रस्ताव ल्याएको धारणा राखेका छन् । बैठकमा बोल्दै संघीय गठबन्धनका अध्यक्ष उपेन्द्र यादवले माओवादीले क्यान्टोन्मेन्टमा गरेको भ्रष्टाचार, एमालेले मनमोहन मेडिकल कलेजमा गरेको भ्रष्टाचार र राज्यलक्ष्मी गोल्छासँग मोटो रकम लिएर सांसद बनाएको फाइल अख्तियारले खोल्ने भएपछि उनीविरुद्व रातारात एक भएर एमाले र माओवादीले महाभियोगको प्रस्ताव दर्ता गराएको धारणा राखेको बैठकमा उपस्थित एक नेताले जानकारी दिए । अध्यक्ष यादवले लोकमान विरुद्व दर्ता भएको महाभियोगलाई रणनीतिक रुपमा उपयोग गर्नुपर्ने बताएको थिए । बैठकमा यादवले महाभियोगको प्रस्तावको विपक्षमा मतदान गर्नुपर्ने धारणा राखेका थिए । 
यसैगरी तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बृषेशचन्द्र लालले पनि महाभियोग प्रस्तावमा षड्यन्त्र भएको हुनसक्ने आशंका राखेका थिए । उनले लोकमानविरुद्व छानबिन समिति बनिसकेकोले छानबिन पछिमात्र गठबन्धले आफ्नो औपचारिक धारणा बाहिर ल्याउनुपर्ने बताएका थिए । 
बैठकमा संघीय समाजवादीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले अख्तियारले ठूलो माछा समात्न आँटेपछि एमाले र माओवादीले अख्तियार प्रमुखविरुद्व महाभियोगको प्रस्ताव दर्ता गरेको धारणा राखेका थिए । 
यसैगरी गठबन्धनले प्रदेशको सीमाकंनको टुङ्गो र स्थानीय तह प्रदेश अन्तर्गत रहने संविधानमा सुनिश्चित नहुन्जेलसम्म राज्यको पुनर्संरचनालाई नमान्ने निर्णय गरेको छ । 
यसैगरी गठबन्धनले कांग्रेस र माओवादीसँग गरेको तीन बुँदै सहमती कार्यान्वयको लागि सरकारलार्य सचेत गराउने समेत निर्णय गरेको प्रवक्ता झाले जानकारी दिए । 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७३  १९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC