site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
इलाम–२ मा आज उपनिर्वाचन, दुई दिनभित्रै मत परिणाम सार्वजनिक गर्ने तयारी
Sarbottam CementSarbottam Cement

इलाम । प्रतिनिधिसभा सदस्य चयनका लागि इलाम क्षेत्र नम्बर २ मा आज निर्वाचन हुँदै छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार ४२ वडा रहेको निर्वाचन क्षेत्रमा ७९ मतदानस्थल छन् । यी मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान हुन लागेको हो । उपनिर्वाचनका लागि ७४५ कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत घिमिरेले बाह्रखरीलाई जानकारी दिए ।

यस निर्वाचन क्षेत्रमा इलाम नगरपालिकाका ११ वडा, देउमाई नगरपालिका र माई नगरपालिकाका तीन वडा पर्छन् । यसबाहेक चुलाचुली गाउँपालिका, फाकफोकथुम गाउँपालिका र माङ्सेवुङ गाउँपालिका पर्छन् । घिमिरेका अनुसार एक लाख १५ हजार ८७९ मतदाता छन् । यीमध्ये ४२२ जना नयाँ मतदाता हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार ७० हजार मत खस्ने अनुमान गरिएको छ । उनले मतदान सकिएपछि आजै रात १० बजे नै सबै मतपेटिका सदरमुकाम पुर्‍याउने तयारी भएको बताए । मत परिणाम पनि दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ ।

“एक लाख १५ हजार ८८९ मतदाता रहेको सन्दर्भमा गत निर्वाचनको ट्रेन्ड हेर्दा ७० हजार जति मतदान हुने अनुमान छ । दुई दिनभित्र नतिजा पनि आइसक्छ भन्ने हाम्रो तयारी हो,” प्रमुख जिल्ला अधिकारी यादवले भने ।  

Global Ime bank

तयारीअनुसार मतपेटिका संकलनका लागि ६१ वटा सवारी साधन प्रयोग हुनेछन् । मतदानका दिन जिल्लामा अत्यावश्यक सवारी साधनबाहेक अरू सबै सवारी साधन बन्द गर्ने गरी तयारी भएको जानकारी दिँदै उनले भने, “सबै मतदातामा मताधिकार प्रयोग गरेर निर्वाचनलाई शान्ति सुव्यवस्थित तरिकाले सम्पन्न गर्नुहुन विशेष अनुरोध गर्दछु ।”

इलाम उपनिर्वाचनका लागि २५ सयभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिनेछ । प्रशासनले मतदानस्थलको संवेदनशीलतालाई तीन तहमा वर्गीकरण गरेको छ । 

यादवका अनुसार, ७९ निर्वाचन केन्द्रमध्ये ३९ सामान्य, २१ संवेदनशील र १९ अतिसंवेदनशील भनी छुट्याइएको छ । जसमा ८ जना नेपाल प्रहरी, संवेदनशीलमा ९ जना र अतिसंवेदनशीलमा १२ जना प्रहरी खटाउने तयारी भएको छ । 

“वर्गीकरण गरेर कम्तीमा ८ जनादेखि अधिकतम १२ जना एउटा स्थलमा र प्रत्येक मतदान केन्द्रमा ५ जनाको हिसाबले थप प्रहरी खटिने गरी नेपाल प्रहरी खटिने तयारी भएको छ,” प्रजिअ यादवले भने । 

प्रशासनले सुरक्षालाई मध्यनजर गर्दै स्वतन्त्र चुनावी अभियान सफल बनाउन एक हजार ३६३ जना नेपाल प्रहरी परिचालन गरेको छ । १६० नेपाल प्रहरी भने निर्वाचन कार्यालय सुरक्षा गर्न प्रहरी परिचालन गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयले ७९ मतदान केन्द्र नै संवेदनशील मानेको छ । सीमामा पर्ने भारतको दार्जिलिङमा निर्वाचनमा हुँदा त्यसको असर यता पनि परेको छ ।
 
“त्यसकारण पनि सीमासँग जोडिएको विषय छ, संवेदनशील छ । देशभरिमा एउटा मात्र संघीय उपनिर्वाचन भएकाले अर्को जिल्लाबाट पनि कार्यकर्ता शुभेच्छुक वा जनता आउने हेर्ने घुसपैठ हुन्छ भनी सबैलाई अतिसंवेदनशील भनिएको हो,” प्रजिअ यादवले भने ।

यसबाहेक सशस्त्र प्रहरी बलबाट ७१० जना र नेपाली सेनाबाट ४८० जना परिचालन गरिएको उनले बाह्रखरीलाई जानकारी दिए । राष्ट्रिय अनुसन्धानबाट २४ जना खटिएका छन् ।
  
‘‘सुरक्षाको सन्दर्भमा लेयर बनाएका छौँ । बाहिरी घेरामा मोबाइल टोली, स्ट्राइकिङ टोली, रिजर्भ टोली, क्विक रेस्पोन्स टोली र जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा कमान्ड पोस्ट गर्ने गरी विभिन्न लेयर बनाएका छौँ । आवश्यकता पर्दा रिजर्भ भएका जनशक्ति पुग्न सक्ने र त्यसभन्दा थप आवश्यक पररे हवाई गस्तीको रूपमा हेलिकोप्टर समेत प्रयोग गर्ने गरी व्यवस्था भएको छ ।”

यस्तो छ २०७९ को मत परिणाम

इलाम–२ मा विसं २०५६ सालयता सुवास नेम्वाङ विजयी हुँदै आएका थिए । तर, हृदयघातका कारण गत वर्ष भदौ २६ गते नेम्वाङको निधन भएपछि आज उपनिर्वाचन हुन लागेको हो । 

०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ नेम्वाङले ३० हजार २० मत ल्याएका थिए । गठबन्धनबाट चुनाव लडेका कांग्रेसका डम्बर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनाव लडेका प्रकाश सापकोटाले एक हजार ३८० मत ल्याएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । यहाँ नेम्वाङले ११४ मतले चुनाव जितेका थिए । 

इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन् ।  गएको स्थानीय तह चुनावमा देउमाईको मेयरसहित फाकफोकथुम र माङ्सेबुङको अध्यक्ष एमालेले जितेको छ ।

२०७९ मा समानुपातिकतर्फ नेपाली कांग्रेसले २२ हजार ३३३, एमालेले २६ हजार ५६२, माओवादी केन्द्रले पाँच हजार १५३, जनता समाजवादी पार्टीले ९०६, एकीकृत समाजवादीले ५८६ र रास्वपाले चारहजार ६८६ मत प्राप्त गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०५:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !