site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लोकमान सिंह कार्कीको घर बानेश्वर जानुपर्ने सर्वोच्चका तामेलदार किन पुगे अख्तियार ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं ।  सर्वोच्च अदालतबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको बानेश्वरको घरमा म्याद तामेली गर्न बुधबार पुगेका सर्वोच्चका तामेलदार शम्भु खत्री बिहीबार सबैका लागि चर्चाका विषय बनेका छन् । किनभने बिहीबार उनी अदालत नआई बेपत्ता भए ।
बुधबार कामनपा १० वडा कि सचिव सरिता राई दिनभर उपस्थित नभएर अदालतले रोहबरमा राख्ने जिम्मेवार निकाय नपाएर फर्कनु परेको थियो । सचिव राई बुधबार चर्चाको केन्द्रमा थिइन् भने बिहीबार सर्वोच्चका कर्मचारी खत्री चर्चाको शिखरमा रहे । 
बुधबार म्याद तामेलीको पत्र बुझाउन नसकेपछि बिहीबारका दिन बिहानै बुझाउनु पर्छ भनेर निज खत्रीले नै रिट निवेदक ओमप्रकाश शर्मालाई बिहान १० बजे नै सर्वोच्च आउनका लागि आग्रह गरेका थिए । 
बिहीबारको दिन कार्कीको घर वरिपरिका स्थानीय जनता उठाएर तामेली पत्र टाँस्नुपर्ने र त्यसका लागि रिट निवेदकको पनि सहयोग चाहिने खत्रीले बताएका थिए । 
तर, बिहीबार बिहान १० बजेदेखि परिदृश्य एकाएक परिवर्तन भयो । कार्कीको घरमा टाँस्न भनेर फाइल लिएर हिंडेका तामेलदार शम्भु खत्री अदालतमा हाजिर नै भएनन् । सवा दशबजे उनलाई फोन गर्दा अख्तियारको कार्यालयमा टाँस्ने भन्ने सोचेर आफू सिधै अख्तियार आइपुगेको बताए । त्यसपछि एकैछिनमा सर्वोच्च आइपुग्छु भनेर बताउने खत्रीले कहिले जाम र कहिले के कारणले अलि ढिलो हुने बताए । तर करिब साढे दुई किलोमिटर टाढा रहेको अख्तियारबाट सर्वोच्च आउन धेरैबेर लगाए पछि पुनः फोन गर्दा उनको फोनको स्विच अफ भयो ।
“पटक–पटक सम्पर्क गर्दा तामेलदार खत्रीले आइपुग्न लागें भन्ने जानकारी मात्र दिनुभयो,” सर्वोच्च स्रोतले भन्यो, “पछि उहाँले मोबाइलको स्वीच अफ गर्नुभयो । दिनभर कार्यालय पनि आइपुग्नुभएन ।”
खत्रीको व्यवहारबाट सर्वोच्च अदालत आश्चर्य चकित मात्र भएको होइन, सर्वोच्चका कर्मचारीको क्षमतामा समेत प्रश्न उठ्न थालेको छ । 
सर्वोच्च अदालत स्रोतका अनुसार तामेलदार खत्रीलाई सर्वोच्च प्रशासनले कारवाहीको तयारी गरेको छ । “उहाँसँग स्पष्टिकरण सोधिन्छ,” स्रोतले भन्यो, “चित्तबुझ्दो नभए कारवाही पनि हुन सक्छ ।”
रिट निवेदक अर्यालले भने आफू दिनभर खत्रीकै पर्खाइमा रहेको बताए । “लोकमान सिंह कार्कीकै कारणले उहाँ सम्र्पकविहीन भएको हो,” अर्यालले बाह्रखरीसँग भने, “हामी अझै पनि वहाँ सम्पर्कमा आउने पर्खाइमा छौं । सम्पर्क हुनासाथ म्याद तामेल हुन्छ ।”
 
 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २०, २०७३  १७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC