site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संविधान कार्यान्वयनमा चुनौती थपिदै : महामन्त्री कोइराला
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुक अहिले इतिहासकै जटिल मोडमा उभिएको बताएका छन् । 
नेपाल खानेपानी संस्थान कर्मचारी सङ्घद्वारा दसैँ, दीपावलीलगायत पर्वका अवसरमा आज आयोजित कार्यक्रममा उनले संविधान कार्यान्वयनमा चुनौती थपिदै गएको बताउँदै करिब सवा एक वर्षभित्र तिनै तहको निर्वाचन हुन नसकेमा देशमा राजनीतिक तथा कानुनी समस्या आउने बताए ।
महामन्त्री कोइरालाले विसं २००८ मा बिपीले नेपालीको संविधान जनताले नै बनाउन माग गरेको भए पनि त्यो अहिले प्राप्त भएको बताउँदै उनले मुलुकमा प्राप्त उपलब्धिलाई जोगाउन सबै दल एकताबद्ध हुनुपर्नेमा जोड दिए । 
नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलनाथ दाहालले मजदुरमैत्री वातावरण निर्माण गर्न समाजवादको महत्व रहेको उल्लेख गर्दै त्यसलाई अभ्यास गर्नुपर्ने बताए। 
नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले संस्थानमा दक्ष जनशक्तिको खाँचो रहेको बताउँदै देशका विभिन्न स्थानमा संस्थानले सेवा विस्तार गर्ने लक्ष्य लिएको बताए । 
सङ्घका अध्यक्ष भरत अधिकारी तथा अन्य कर्मचारी सङ्घ सङ्गठनका प्रतिनिधिले लामो समयदेखि काम गरेका अस्थायी कर्मचारीको व्यवस्थापन गर्न आग्रह गरे । रासस 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७३  १७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC