site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सार्कको शिखर सम्मेलनमा भाग लिन सबै सदस्य राष्ट्रलाई नेपालको आग्रह
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । सार्कको अध्यक्षता ग्रहण गरिरहेको नेपालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सबै सदस्य राष्ट्रहरुलाई आउँदो शिखर सम्मेलनमा भाग लिएर सार्कको बडापत्र अनुरुप सम्मेलनको सुनिश्चितता प्रदान गर्न आह्वान गरेको छ । 
बुधबार बेलुका नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सार्कका सबै सदस्य राष्ट्रहरुलाई उक्त सम्मेलनमा भाग लिएर उपयुक्त वातावरण बनाउन आग्रह गरेको हो ।
“सार्कको वर्तमान अध्यक्षको हैसियतले नेपाल सरकार आउदो १९ औं  सार्क शिखर सम्मेलनको लागि सबै राष्ट्रको सहभागिताको सुनिश्चितता प्रदान गर्दै उपयुक्त वातावरण सिर्जना गर्न जोडदार रुपमा माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ । प्रेस विज्ञप्तीमा नेपाल सरकारले कुटनीतिक रुपमा भारत, बंगलादेश, भुटान तथा अफगानिस्तानबाट दक्षिण एसिया क्षेत्रको वर्तमान अवस्थामा पाकिस्तानको राजधानी इस्लामावादमा हुन गइरहेको १९ औं सम्मेलनको लागि उपयुक्त नभएकोले भाग लिन असमर्थता जनाउँदै पत्रहरु प्राप्त भएको अबस्थाको जानकारी दिँदै  यो पछिल्लो बिकासक्रमलाई नेपाल सरकारले गम्भिर रुपमा लिएको पनि बताएको छ  । इस्लामावादमा आगामी नोभेम्बर ९ र १० का दिन १९ औं सार्क शिखर सम्मेलन हुने तय थियो । 
पाकिस्तानलाई कुटनीतिक रुपले अन्तर्राष्ट्रिय क्षेत्रमा एक्ल्याउने रणनीति अनुरुप भारतले मंगलवार इस्लामावादमा प्रस्तावित शिखर बैठकमा भाग लिन असमर्थ रहेको जनाएको थियो । भारतको सिको गर्दै इस्लामावादमा हुन गइरहेको सार्कको सम्मेलनलाई बंगलादेश, भुटान र अफगानिस्तानले पनि वहिष्कार गरेको बताएका थिए । सार्क बडापत्रमा कुनै एउटा राष्ट्र अनुपस्थित वा असहमत भएमा सम्मेलन वा कुनै निर्णय हुन नसक्ने प्रावधान छ । बडापत्रमा दुई देशबीचको आपसी विवाद बैठकमा उठाउन नपाउने पनि उल्लेख छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७३  ०९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC