site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

दाङ । नेपाली काँगे्रस दाङ क्षेत्र नम्बर ५ का सभापति वसन्त देवकोटाको ४८ बर्षको उमेरमा निधन भएको छ । देवकोटाको काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार  निधन भएको हो ।

रगत, फोक्सोलगायतमा समस्या देखिएपछि भदौ ३० गते नर्भिक अस्पताल, काठमाडौँमा भर्ना भएका देवकोटाको उपचारकै क्रममा निधन भएको उपचारमा संलग्न डाक्टर बजेन्द्र श्रीवास्तवले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

विसं २०२५ सालमा श्रीगाउँ–६ बुटनीयामा बुबा स्व टोपेन्द्रप्रसाद उपाध्याय र आमा निलाकुमारी उपाध्यायको कोखबाट जन्मिएका देवकोटा वीरेन्द्र मावि श्रीगाउँमा विद्यालय र स्नातक तहको अध्ययन महेन्द्र बहुमुखी क्याम्पस तुल्सीपुरमा गरेका थिए । पार्टीमा क्रियाशीलता सँगसँगै उहाँ क्षेत्रीय सचिव र दुई पटक क्षेत्रीय सभापति समेत भए ।

स्व देवकोटाका श्रीमती, तीन छोरा र एक छोरी छन् । देवकोटाको निधनले काँग्रेसलाई ठूलो क्षति पुगेको काँग्रेस जिल्ला सभापति कीर्तिबहादुर खड्काले बताए । रासस

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७३  ०७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC