site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सूर्यकुमार क्षेत्री प्रथम राष्ट्रिय अन्तर मिडिया फुटसल साउनमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ । सूर्यकुमार क्षेत्री प्रथम अन्तर मिडिया राष्ट्रिय फुटसल प्रतियोगिता साउनको दोस्रो हप्ता हुने भएको छ । गोलपोष्ट स्पोट्र्स एण्ड ट्रेनिङ सेन्टर भैंसेपाटीले शनिबार एक पत्रकार सम्मेलन गरी स्व. पत्रकार क्षेत्रीको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।
प्रतियोगिता साउन १० देखि १२ गतेसम्म  गोलपोष्ट फुटसल मैदान भैंसेपाटीमा हुने छ । पत्रकार क्षेत्रीका छोराको पढाइका लागि सहयोगार्थ प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ । सेन्टरका प्रबन्ध निर्देशक केशव थापाका अनुसार खेल क्षेत्रको विकाससँगै पत्रकार क्षेत्रीका छोराको उज्जवल भविष्यका लागि केहि सहयोग गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको जानकारी दिए । नेपाल प्रेस युनियनका सचिव रहेका पत्रकार क्षेत्रीको दुई महिनाअघि ब्रेन ट्युमरका कारण निधन भएको थियो ।
प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार, दोस्रो हुनेले १५ र तेस्रो हुने टिमले १० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा मिडिया हाउसका कर्मचारीबाहेक अन्य खेलाडीले सहभागिता जनाउने पाउने छैनन् । तीन दिने प्रतियोगिता सहभागी टिमको उपस्थिति हेरेर लिगकम वा नकआउट पद्दति अनुसार खेलाइने छ ।
प्रतियोगितामा सहभागी हुने टिमले दुई हजार प्रवेश शुल्क तिर्नुपर्ने आयोजकले जनाएको छ । प्रवेश फारम नेपाल खेलकुद पत्रकार मञ्चको त्रिपुरेश्वरस्थित कार्यालय र गोलपोष्टको कार्यालय भैंसेपाटीमा पाइने  छ ।
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २५, २०७३  २०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC