site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारले बढायो कांग्रेसमा विवाद : केन्द्रिय समिति बैठक बोलाउन माग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस सरकारमा माओवादीको पुच्छर भएको भन्दै रामचन्द्र पौडेल पक्षधरले केन्द्रिय समितिको बैठक बोलाउन माग गरेका छन् । संविधान संशोधन, स्थानीय निकायको निर्वाचन र सरकार सञ्चालनका बारेमा पार्टीको आधिकारिक धारणा बनाउनुपर्ने भए पनि अहिलेसम्म नबनेको, पार्टी माओवादीको पिछलग्गु बनेको आरोप पौडेल पक्षधर नेताको छ ।
“पार्टीमा संस्थागत निर्णय हुन छाड्यो,” पौडेलको भनाई उधृत गर्दै स्रोतले भन्यो,“पार्टी माओवादीको पिछलग्गु भयो । केन्द्रिय समितिको बैठकमा यसबारेमा छलफल हुनुपर्छ ।
पौडेल समूहका नेताहरुको आइतबार छुट्टै बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
संविधान संशोधन, स्थानीय संरचना र सरकार सञ्चालनमा पार्टीको धारणा बनाउन केन्द्रीय समितिको बैठक बोलाउन माग गरिएको नेता जीवन परियारले जानकारी दिए ।
बैठकमा आसन्न तरुण दलको महाधिवेशन र पार्टीबाट प्रतिनिधित्व हुने राज्यमन्त्रीको छनोट लगायत समसामयिक विषयमा समेत छलफल भएको थियो ।
“कांग्रेस संसद्को सबैभन्दा ठुलो पार्टी हो,” कांग्रेस नेता परियारले बाह्रखरीसँग भने,“अहिलेको राजनीतिक कसरी अघि बढेको छ भन्ने बारेमा समेत पार्टीमा छलफल हुन छाड्यो ।” बैठकमा सरकार सञ्चालन, पार्टीका गतिविधि, भ्रातृ संस्थाको निर्वाचन लगायतका विषयमा पनि समीक्षा भएको थियो ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ९, २०७३  १७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC