site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
ओली र दाहालले अझै नसुने माधव नेपाल पक्षले फेरि चियापान गर्ने !
Sarbottam CementSarbottam Cement

काठमाडौं । विधि र पद्दतिअनुसार पार्टी नचलेको भन्दै नवगठित नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिएको छ ।

माधव नेपाल अफ्रिकी मुलुक घाना गएकाबेला सचिवालयको बैठकले प्रदेश प्रमुख र इन्चार्ज तोकेपछि पार्टी भित्र ‘पोजिसन’ खोजिरहेको माधव नेपाल समूह रुष्ट बनेको छ । नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघि सचिवालयको बैठकले तय गरेको र आफैँले बनाएको विधि कुल्चिएर आफूनिकटका स्थायी कमिटी सदस्यलाई इन्चार्ज तोकिएको भन्दै रोष प्रकट गरेको हो ।

केन्द्रीय कमिटी सदस्य जगन्नाथ खतिवडाले केन्द्रीय कमिटी एकता हुँदा जुन मापदण्ड तय गरिएको थियो प्रदेश र जिल्लाको हकमा पनि त्यही मापदण्ड लागु हुनुपर्ने बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बाह्रखरीसँगको सङ्क्षिप्त कुराकानीमा उनले भने, “हामीले सामान्य कुरा उठाएका हौँ । केन्द्रमा एकता हुँदा एमाले र माओवादी केन्द्रका केन्द्रीय सदस्यको हैसियत तलमाथि पारिएन । त्यही विधि, पद्दतिअनुसार प्रदेश र जिल्ला तहका कमिटी एकता गरौँ ।”
उनले मापदण्ड विपरित गण्डकी प्रदेश र पाँच नम्बर प्रदेशको इन्चार्ज तोकिएको बताउँदै भने, “आफू निकटमा नेतालाई जिम्मेवारी दिन पार्टीको विधि, पद्दति कुल्चने कुरा त आउँदैन नि !”

अझै नसुने केन्द्रीय भेला डाक्छौँ !

Global Ime bank

संयुक्त राष्ट्रसङ्को ७३ महासभाका लागि अमेरिका पुगेका पार्टी अध्यक्ष केपी शर्मा ओली अहिले कोष्टारिका छन् । उनी बुधबार गते नेपाल फर्कंदै छन् । त्यस्तै पत्नीको उपचार फलोअपका लागि सिंगापुर पुगेका अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार नेपाल आउने कार्यक्रम छ ।

तर, दुवै अध्यक्ष नेपाल आएपछि पनि सुनुवाइ नभए केन्द्रीय भेला बोलाउने निष्कर्षमा पुगेका छन्– नेपालनिकट केन्द्रीय नेताहरू ।

दाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य एवम् केन्द्रीय सदस्य मेटमणि चौधरी भन्छन्, “उहाँ (केपी ओली)को ‘रेस्पोन्समा भर पर्छ । उहाँले असन्तुष्टि, गुनासाको सम्बोधन गर्नुभयो, पार्टी विधि र पद्दतिअनुसार चल्यो, सोहीअनुसार कार्यविभाजन भयो भने हामी चुप लाग्छौँ नत्र यो अभियानकै रूपमा अघि बढ्छ ।”

पार्टीभित्र मनोमालिन्यता, स्वेच्छाचारिता बढ्दै गएकाले पनि यस्तो अभियान आवश्यक भएको उनको तर्क छ । 

त्यस्तै तर्क छ– जगन्नाथ खतिवडाको पनि ।

“यो कुनै अमुक नेताको पक्ष, पार्टी अध्यक्षविरुद्धको अभियान होइन, यो पार्टीभित्र विधि, पद्दति बसाल्ने कुराको थालनी हो,” उनी भन्छन् । उनले भने, “हामीले हिजो बसालेकै थिति, विधिअनुसार पार्टी चलाउने हो भने एकताले उत्साह जगाउँछ । कसैलाई पनि अन्याय महसुस हुँदैन ।”
अहिलेको असन्तुष्टि कुनै समूहप्रतिको आक्रोश र नेतृत्वप्रति परिलक्षित नरहेको स्पष्ट पार्दै दोहोरो मापदण्डको मात्रै विरोध गरेको उनले बताए । “पार्टीभित्र अवसरवाद, अराजकता मौलाउँदै गयो । समाजमा भ्रष्टाचार व्याप्त छ । पार्टीभित्र नैतिकता र इमान्दारिताको प्रश्न खडा भएको छ । यसको अन्त्य गर्दैै पार्टीलाई एकढिक्का बनाउनु र एकीकरणलाई सार्थक तुल्याउनु अभियानको उद्देश्य हो,” उनी प्रष्ट पार्छन् ।

व्यक्ति होइन विधि रोजौँ

त्यस्तै उनले व्यक्तिभन्दा विधिलाई नेतृत्व बाँडफाँटको आधार बनाइनुपर्ने तर्क गर्दै मान्छेको अनुहार हेर्दै जाँदा पार्टी–प्रणाली भत्कन थालेको भन्दै चिन्ता व्यक्त गरे ।
अहिले नेतृत्वविरुद्ध घेराबन्दी र अमुक गुटलाई बलियो बनाउन विधिको कुरा नउठाएको स्पष्ट पार्दै पार्टी एकतालाई सम्मानजनक, हार्दिकतापूर्ण र कार्यकर्ताको मनले स्वीकार्न सक्ने बनाउन पनि यस्तो अभियान आवश्यक परेको उनको जिकिर थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०७५  ०५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC