site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई विरुद्ध उजुरी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
2016-06-20 16:22
 
सुरुङ्गा (झापा), ६ असार । सत्य निरूपण तथा मेलमिलाप आयोगमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र पूर्व स्वास्थ्य राज्यमन्त्री धर्मशीला चापागाईंविरुद्ध गम्भीर मानवअधिकार उल्लङ्घन गरेको भन्दै झापामा उजुरी परेको छ । 
 
नयाँ शक्ति पार्टीका संयोजकसमेत रहनुभएका डा भट्टराई तत्कालीन समयमा नेकपा माओवादीमा प्रमुख जिम्मेवार रहेको तथा चापागाईं इलाममा पार्टीको जिम्मेवार तहमा रहेका बेला शान्तिपुर–३ इलामका चन्द्रकान्त भट्टराईको हत्या भएको भन्दै उहाँहरुविरुद्ध आरोप लगाइएको छ । 
 
विसं २०५६ कात्तिक २४ गते राति १० बजे घरमा सुतिरहेका बेला बन्दुक, पटका, बन्चरो, कत्ती, खुकुरीजस्ता घरेलु हतियार प्रयोग गरी ५७ वर्षीय भट्टराईको हत्या गरिएको भनी उनका छोरा ऋतुपर्ण भट्टराईले स्थानीय शान्ति समितिमार्फत सत्य निरूपण तथा मेलमिलाप आयोगमा खुल्ला उजुरी दिनुभएको छ । 
 
उक्त जघन्य अपराधमा दमक, बाह्रघरेका टङ्क ढकालको समेत संलग्नता रहेको उजुरीमा दाबी गरिएको छ । 
 
घटनास्थलबाट प्राप्त सबुत त्यसैबेला जिल्ला प्रहरी कार्यालयमा पेस गरेको उल्लेख गर्दै ऋतुपर्णले न्याय दिलाई पाऊँ भनी उजुरी गरेका छन् । रासस 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ६, २०७३  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC