site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
साहिद स्मारक ‘ए’ डिभिजन लिगको ‘ड्र’ सार्वजनिक, पहिलो खेल एनआरटी र त्रिभुवन आर्मीबीच
Sarbottam CementSarbottam Cement

काठमाडौं । ४ वर्षपछि हुन लागेको सहिद स्मारक ‘ए’ डिभिजन लिगको खेल तालिका सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको खेलतालिका अनुसार लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) ले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र सशस्त्र प्रहरी बलको हलचोक मैदानमा लिगका खेल हुनेछन् । रेलिगेसन बिना हुन लागेको लिग असोज १३ गतेदेखि सुरु भई माग १६ सम्म हुनेछ । लिगमा नेपालका १४ वटा ‘ए’ डिभिजन क्लबले सहभागिता जनाउने छन् । राउण्ड रोविनका आधारमा हुने लिगमा ९१ खेल हुनेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सार्वजनिक खेल तालिकाअनुसार पहिलो राउण्डका खेल असोज १३ देखि १६ गतेसम्म सञ्चालन हुनेछन् भने दोस्रो राउण्डका खेल १९ गतेदखि २१ गतेसम्म हुनेछन् भने तेस्रो राउण्डका खेल असोज २४ देखि शुरु भएर २६ गते सम्पन्न हुनेछन् । त्यसपछि असोज २६ गतेदेखि मंसिर ८ सम्म दशैं र तिहारको बीचमा लिग रोकिएर पुनः मंसिर ८ बाट चौथो राउण्डदेखि १३ सम्मका खेल निरन्तर हुनेछन् ।

यी हुन् पहिलो राउण्डका खेलहरु
असोज १३ को उद्घाटन खेलमा एनआरटी क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ भने दोस्रो दिन असोज १४ गते ब्रिगेड ब्वाइज क्लब र मनाङ—मस्र्याङ्दी क्लबबीचको खेल हुनेछ ।
त्यस्तै, असोज १४ मा मछिन्द्र क्लबले च्यासल युथ क्लबको सामना गर्नेछ भने असोज १५ मा फ्रेन्ड्स क्लबले थ्री स्टार क्लबको सामना गर्नेछ । असोज १५ मा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबसँग खेल्नेछ भने १६ गते हिमालयन शेर्पा क्लब भर्सेस एपीएफ क्लब र अर्को खेलमा सरस्वती युथ क्लब र संकटा युथ क्लबको खेल हुनेछ ।

Global Ime bank

त्यस्तै, असोज २६ देखि  मंसिर ८ गतेसम्म लिग रोकिनेछ भने मंसिर ८ गतेदेखि रेलिगेसन बिनाको लिग माघ १६ सम्म निरन्तर चल्नेछ ।

नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, संकटा क्लब, मछिन्द्र क्लब, थ्री स्टार, मनाङ—मस्र्याङ्दी क्लब, सरस्वती युथ क्लब, च्यासल युवा क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लब लिगमा सहभागी छन् । 

नेपालले बंगलादेशमा हुने बंगबन्धु गोल्डकपमा सहभागिता जनाए लिगको उद्घाटन खेलपछिका खेलहरु रोकिने एन्फाले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC