अर्थ व्यवसाय

नाडा अटो शोः मोटरसाइकल बुकिङमा ‘उपहारै उपहार’ !

नाडा अटो शोः मोटरसाइकल बुकिङमा ‘उपहारै उपहार’ !

काठमाडौं । काठमाडौंको भृकुटिमण्डपमा चलिरहेको नाडा अटो शो मा चारपांग्रे मात्र हैन, दुईपांग्रे सवारी खरिदमा पनि उस्तै अफर दिइएको छ । बाइक र स्कुटरका नयाँ मोडल हेर्न चाहनेका लागि मात्र नभएर खरिद गर्न चाहनेका लाग पनि नाडा अटो शो फलदायी हुनेछ ।

प्रस्तुत छ, कम्पनीअनुसार नाडा प्रदर्शनी रहेका दुईपांग्रे सवारीमा उपलब्ध स्किमहरुः

यामाहा

– स्कर्‍याच कार्डमार्फत् ७ हजार देखि १ लाख रुपैयाँसम्म जित्ने अवसर
– साप्ताहिक रुपमा १ जनालाई आर–३ मोटरसाइकल, लक्कि ड्रमार्फत् विजेता छनौट

बजाज

– स्कर्‍याच कार्डमार्फत् ६ हजार देखि १ लाख रुपैयाँसम्म जित्ने अवसर
– हरेक साता लक्कि ड्र, विजेतालाई खल्तीभरेर पैसा लग्ने अवसर

टीभीएस

– ७ हजार रुपैयाँ नगद छुट
– लक्कि ड्रमार्फत् १० जनालाई दैनिक १०–१० हजार रुपैयाँ नगद पुरस्कार
– लक्कि ड्रमार्फत् १ जनालाई १ लाख रुपैयाँ नगद पुरस्कार

एसडब्लुएम

– नाडामा बाइक बुकिङ गराउनेका लागि गिफ्ट ह्याम्परको रुपमा ५० हजार रुपैयाँ बराबरको राईडिङ गियर 

हिरो

– सबै बाइकमा ६ हजार रुपैयाँ नगद छुट
– स्कुटरमा ८ हजार रुपैयाँ नगद छुट
– स्कर्‍याच कार्डमार्फत् १ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जित्ने अवसर

यूएम

– प्रत्येक बाइक खरिदमा बैंकक टुर पक्का
– ३० हजार रुपैयाँसम्म नगद छुट
– बम्पर पुरस्कारमा स्कुटर
– सेल्फि कन्टेस्टका विजेतालाई पोखरा भ्रमण

हार्ली डेभिडसन

– ८५ हजार रुपैयाँसम्म नगद छुट

केटीएम

– ४५ सय रुपैयाँसम्म नगद छुट

रोयल एन्फिल्ड

– निःशूल्क एक्सेसोरिज
– सबै बाइक खरिदमा २ जनालाई र्‍याफ्टिङको टिकेट

होन्डा

– सानो सीसीको बाइक खरीदमा
स्कर्‍याच कार्डमार्फत् ४ हजार देखि १ लाख रुपैयाँसम्म जित्ने अवसर
१० थप निःशूल्क सर्भिसिङ
पार्टस् खरिदमा १० प्रतिशत छुट
– ठूलो सीसीको बाइक खरिदमा १५ हजार रुपैयाँसम्म नगद छुट

सुजुकी

– बाइक खरिदमा ८ हजार रुपैयाँ नगद छुट
– स्कुटर खरिदमा १० हजार रुपैयाँ नगद छुट
– १० जनालाई जापान घुम्न अवसर, लक्कि ड्रमार्फत् विजेता छनौट

तपाईंको मत