site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सरकारले डेढ महिनासम्म सुपथ मूल्य पसल चलाउने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारले ठूला चाडपर्वमा उपभोक्तालाई सस्तो मूल्यमा दैनिक उपभोग्य सामान बिक्रीा गर्न मुलुकका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवको अध्यक्षतामा मन्त्रालयका र सम्बद्ध निकायका उच्च अधिकारी तथा निजी क्षेत्रका संघसंस्थाका प्रतिनिधि सहभागी बैठकले यसपालि दसैं, तिहार र छठ पर्व अवधिभर सहुलियत दरमा विभिन्न उपभोग्य सामान बिक्री–वितरण गर्ने निर्णय गरेको हो । 
आपूर्ति मन्त्रालयका अनुसार आगामी असोज १२ बाट कात्तिक २७ गतेसम्म काठमाडौंमा सहुलियत दरको संयुक्त पसल नेसनल ट्रेडिङ लिमिटेडको परिसरबाट सुरु गरी देशभरि सञ्चालन गरिने छ । यस्ता पसल नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ लिमिटेड, दुग्ध विकास संस्थानलगायतको सहकार्यमा सञ्चालन हुनेछन् । 
“असोज १२ गतेबाट डेढ महिनासम्म मुलुकका विभिन्न स्थानमा तीन दर्जनभन्दा बढी सुपथ मूल्य पसल सञ्चालन हुनेछन्,” आपूर्ति मन्त्रालयका सहसचिव तथा प्रवक्ता नवराज ढकालले भने, “यसबाट उपभोक्तालाई केही हदसम्म सरल मूल्यमा उपभोग्य सामान प्राप्त गर्न सहज हुने विश्वास छ ।”
उनका अनुसार सरकारको तर्फबाट खाद्य संस्थान, साल्ट ट्रेडिङ र दुग्ध विकासले मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ, चिनीमा ५, बास्मती चामल १०, खसी–बोका–च्यांग्रा १०, नुन २, डिडिसी घ्यु ५० र पनिरमा १० रुपैयाँ छुट दिई बिक्री गर्नेछन् ।
“निजी क्षेत्रका उत्पादक, वितरक, थोक तथा खुद्रा व्यापारीसँग आगामी असोज पहिलो साता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा बैठक बसेर कुन वस्तु के–कति छुटमा बिक्री गर्न सकिन्छ भनी तय गरी त्यसको जानकारी सार्वजनिक गर्नेछौं,” प्रवक्ता ढकालले भने, “सहकारी संस्थाहरूलाई पनि खाद्य संस्थान, साल्ट ट्रेडिङ र दुग्ध विकाससँगको सहकार्यमा सहुलियत दरको पसल सञ्चालन गर्न परिचालन गर्छौं ।”
आपूर्ति मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका कालिमाटी–२, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, भक्तपुर र ललितपुरमा रहेका साल्ट ट्रेडिङका कार्यालयमा खाद्य संस्थान, साल्ट ट्रेडिङ र दुग्ध विकासले सहुलियत दरको एकीकृत सुपथ मूल्य पसल सञ्चालन गर्नेछन् । 
त्यसैगरी खाद्य संस्थानले सिंहदरबारमा एकीकृत र अन्य स्थानमा काठमाडौं उपत्यका बाहिर सात प्रदेशमा ११ गरी देशव्यापी रूपमा सहकारी पसलमार्फत् काठमाडौं उपत्यकाका प्रमुख बजारमा सुपथ मूल्य पसल सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । 
साल्ट ट्रेडिङले काठमाडौंस्थित कार्यालयअन्तर्गत नौवटा स्टल, तीनवटा घुम्ती सेवा पसल र त्रिशूली बिक्री डिपोका साथै कर्पोरेसनका २२ कार्यालय गरी ३६ स्थान तथा खाद्य संस्थानले सात प्रदेश राजधानीका साथै संस्थानका सबै कार्यालय र तोकिएका स्थानका सहकारी पसलबाट सहुलियत दरमा चामल, फापर, खसी–बोका–च्यांग्रा, नुन र चिनी बिक्री गर्ने प्रवक्ता ढकालले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०७५  १५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC