site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हामी कसरी सुखी नेपाली ?

जाम नहुने हो भने कौसलटारबाट एयरपोर्ट पन्द्र देखि बीस मिनेटमा पुगिन्छ । झन आफ्नै सवारी साधन हुदा त दश मिनेट भन्दा बढि लाग्दैन ।  अचेल यहि दुरी पारगर्न दैनिक पैतालिस मिनेट देखि एक घण्टा लाग्छ । यहाको ट्राफिक जाम कहिलेकाही नयाँ ठिमी पुग्छ । 
सरकारी ओहदाका ठुलै मान्छेको सवारी चल्यो भने गाडि भित्र बाफिएर बस्नुभन्दा हिड्नै फाइदा हुन्छ । 

तिनका सवारीहुदा आफुखी हिड्न पनि पाहिदैन ।  आफ्नो गन्तव्य छोडेर पुलिसले जता जा भन्छ त्यतै जानुपर्छ ।  यो रुटमा मेरो कार्यालय परेको कारण विगत केही बर्षदेखि दैनिक जसो आउजाउ गरिरहेको हुन्छु ।  यहाको ट्राफिक जाम घट्नुको सट्टा झन बढिरहेको त यहाँ आउजाउ गर्ने सबैले भोगेकै हुनुपर्छ ।

भक्तपुरबाट रत्नपार्क जाने पाँचवटा बस आउदा चाबहील जाने एउटा गाडी आउछ । रत्नपार्क जाने बसको तुलनामा यो रुटमा कमै सार्वसाधारण बोक्ने बसहरु चल्छन । एक मात्र अन्तर्राष्ट्रिय एयरपोर्ट, केएसी अस्पताल, र पशुपतिनाथ मन्दिर यहि रुटमा परेकाले पनि यो रुटमा बढि नै सास्ती झेल्नुपर्छ । गाडीमा बस्ने ठाउ त के, ढोकामा झुन्डिने ठाउसम्म हुदैन । 

Prabhu Bank
Agni Group
NIC Asia

म्यानपावर हवका रुपमा रहेको काठमाडौंमा सिनामंगल देखि नयाँ बसपार्कसम्म सयौं म्यानपावर कम्पनी छन् । म्यानपावर धाउने युवाहरुको कनै कमी हुदैन यो रुटमा चल्ने बसमा । सन् ०१५ मा संगै एमए सकेका मेरा एक मित्रले लगातार चार बर्ष लोकसेवा आयोगको परिक्षा दिए । शहरमा नाम चलेको लोकसेवा तयारी केन्द्रबाट तयारी कक्षा लिए । तर , हात लाग्यो शुन्ने, भयो । 

केहिदिन अघि फेसबुक च्याटामा उहाँको म्यासेज आयो । “प्लेन चढ्न प¥यो खगेन्द्रजी, कुनै चिनेको नठग्ने म्यानपावर कम्पनी छैन” । उहाँको भनाइमा रोजगारी नपाएकोमा निरासा रहेको ठम्याउन सजिल्यै सकिन्थ्यो ।  हातमा पत्रकारिताको सटिफिकेट त छ । तर त्यसलाई सदुपयोग गर्ने न कला सिकायो । न अवसरका लागि उचित स्थान नै भेटियो । कहिकतै अवसर भेटिइहाले पारीश्रमिक नियमित छैन । केहि व्यवसाय गराैं । ऋण लिनुको विकल्प छैन । 

Global Ime bank

ऋण त लियो, बैंकमा ऋण सम्झौता गरेको मितिमा एउटा ब्याजदर हुन्छ । ब्याज तिर्न जादा ब्याजदर बढेर त्यही ब्याजले ढाँड खुस्काइसकेको हुन्छ । यतिका बर्ष लोकसेवा आयोगको तयारी गर्नुभयो, अब कुनै संस्थानमा कोसिस गर्नुहोस न , कसो नाम ननिक्लेला ?उहाँलाई संस्थानप्रति विश्वा नै थिएन । म्यासेज आयो , संस्थानमा फेयर परिक्षा नै हुदैन । नतिजामा चलखेल गर्छन् ।

उहाँका लागि एकदिनको सत्कार दिनेभन्दा मसंग अरु केहि उपाए नै छैन । भुकम्पले घर ढालिदिएपछि मेरो आफ्नै स्थायी बसोबासको ठेगान छैन । घरबार बीहिन भएको छु । कतै विदेमा राम्रो अवसर भेटे जाने सोचमा छु । अस्थायी संस्थाको अस्थायी जागिरले कति दिन जिन्दगी चलाउने ?

प्रधामन्त्रीले सडकका खाल्टा पुर्न दिएको आदेश त कार्यान्वयन गर्ने निकायले ऐलेसम्म टेरेका छैनन । मैले उहाँका लागि कहाँ सोर्स फोर्स गरिदिउँ ? ठाँउ नै थिएन । त्यसैले नेपालमै सकेको केहि गर्नुस भन्दै अफलाइन बसिदिए । अर्का एक मित्रले मन्टेश्वरी स्कुल चलाउन थालेको तिन बर्ष भयो । दुईबर्ष स्कुलको कमाइ र खर्च बराबरीमा धानेका उनलाई गएको बैशाख देखि सामान्य नाफा हुनथालेको थियो । स्कुलमा जति धेरै विद्यार्थी संख्या बढ्यो यति नै नाफा हुने न हो । 

स्कुलमा मुस्कीलले पच्चीस जना विद्यार्थी छन् । कति पटक म आफै त्यो स्कुल गएको छु । बालबालिकाको सिकाइका लागि आवश्यक भौतिक सामाग्री तथा पठन पाठनलाई निकै महत्व दिइएको छ । चौध महिनाको छोरा छोडेर बुढाबुढी आफै बिहान देखि बेलुकासम्म स्कुलमा भिडेका छन् । 

ब्यापार व्यवसाय नितान्त समाजसेवा मात्रै पनि त हैन । दुईचार पैसा नाफा होस भनेर नै लाग्ने हो । बिदेशमा बस्ने उनका घरधनी आएर यो आर्थिक बर्षदेखि लागु हुनेगरि स्कुलको भाडा बृद्धि गरिदिए ।  थोरै नाफामा चल्न थालेको व्यवसायमा घरभाडा, नगरपालिकाको विभिन्न शिर्षकको कर थपिदा व्यवसाय फेरि घाटामै पुगेको छ । त्यसैले अब उनि यो व्यवसाय छोडी विदेश अप्लाई गर्ने सोचमा छन् ।

“समृद्घ नेपाल, सुखि नेपाली” नारा लिएर नेकपाको नेतृत्वमा बहुमतको सरकार बनेको छ । प्रधानमन्त्रीका जोसिला र रोमन्चक भाषणले कहिलेकाही त अब चाहि केहि हुन्छ की भन्ने आशा पनि जगाउछ । तर ब्यवहारीक पाटो हेर्यो, चित्त बुझाउने बाटो कतै छैन ।  देशमा भएका संस्थाहरुबाट सेवा लिन चाकडी नगरि सुखै छैन । सरकारी संस्थाको कुरै नगरौं । शासन व्यवस्थामा आएको परिवर्तनले एकरत्ती पनि छोएको छैन । जागिर माग्दा देखि न्याय माग्नसम्म दर्खास्त नमिल्दा  पनि निवेदन नै अस्वीकृत हुने अवस्थ छ ।

सहुलियत र सुविधामा पहुँचवालाकै हालिमुहाली भएको देख्दा, “समृद्धी नेपाल, सुखी नेपाली” को नारा उनिहरुकै लागि पो रहेछ जस्तो लाग्छ । अर्काले दिएको एकछाक मिठो खाएर के सुखी भएँ भन्नु । अर्को दिनदेखि उपचार गर्न नपाएको घाउले पोल्न थाल्छ । 

अरुकै सुख सुविधाका लागि हामी साधारण जनताले दुख र सास्ती कैलेसम्म व्यहोर्नु पर्ने हो थाहा छैन । हामीमाथि राज्यले गर्ने व्यवहारका कारण देशप्रतिको देशभक्त भावना त्यसै मरिरहेको छ । यहाँ जन्मनु नै गल्ती भएजस्तो लाग्छ । तर के गर्नु, न जन्म आफ्नो बसमा छ, न मृत्यु !

हरेका क्षेत्रमा रहेको कमिसनको विगविगिले वाक्क बनाएको छ । आफुले चाहेको देशको भिसा लागिहाल्ने भए यहा एक मिनेट पनि यहा नबसौ जस्तो हुन्छ । सधै सोचे जस्तो नहुने रैछ । अनि डिभी र पिआरको साहारा रोज्नुको विकल्प देख्दिन ।

@mefossils

 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०७५  ०९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC