site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
लघुकथाकार सुमन सौरभ सम्मानित
Sarbottam CementSarbottam Cement

चितवन । चितवन साहित्य परिषदले लघुकथाकार सुमन सौरभलाई सम्मानित गरेको छ । चिसापको आयोजनामा नारायणगढमा शनिबार आयोजित कार्यक्रममा चिसाप राजकृष्ण साहित्य पुरस्कारबाट सौरभलाई सम्मानित गरिएको हो । परिषदले हरेक वर्ष प्रदान गर्ने यो पुरस्कार यस वर्ष सुमन सौरभको लघुकथा सग्रह ‘स्वप्निस्तान’का लागि प्रदान गरिएको हो । 

१५३आैं मोती जयन्तीका अवसरमा चितवन साहित्य परिषदले आयोजना गरेको कार्यक्रममा लघुकथाकार सौरभलाई गोरखापत्र दैनिकका नि.प्रधान सम्पादक एवं लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठले दोसल्ला ओढाएर र परिषदका अध्यक्ष सुरेन्द्र अस्तफलले नगद तथा सम्मान पत्र प्रदान गर्दै सम्मान गरेका थिए । सम्मानका साथ ११ हजार ४५ रुपैयाँ नगद राशी पनि रहेको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा श्रीओम श्रेष्ठले लघुकथा समाजको ऐना भएको बताए । कार्यक्रममा समालोचक तथा साहित्यकार डा. लक्ष्मणप्रसाद गौतमले    सौरभका लघुकथाहरु साङगोपाङ चर्चा गरेका थिए ।  
सो अवसरमा विभिन्न स्रष्टाहरुले गजल गायन प्रस्तुत गरेका थिए ।  

तस्विर सौजन्यः बसन्त पराजुली 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०७५  १९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC