काठमाडैं । नुवाकोटमा शनिबार भएको अल्टिच्युड हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाको शव काठमाडौं ल्याइएको छ । त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार ४ वटा हेलिकोप्टरमा ६ जनाको शव काठमाडौं ल्याइएको हो ।
दुर्गम स्थानमा हेलिकोप्टर दुर्घटनामा परेका हुनाले शव ल्याउन शनिबार निकै कठिनाइ भएको थियो । रातभर प्रहरी र स्थानीयबासीको सक्रियतामा शव बिहान बिदुर ल्याइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए ।
हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । अन्य यात्रुमा जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेका थिए । दुर्घटनामा छ जनाको मृत्यु भएको थियो ।