site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि नयाँ टोली खटाउँदै सीआईबी

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नयाँ टोली खटाउने भएको छ । 

०७५ साउन १० गते घरबाट साथीको घर गएकी निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव फेला परेको थियो । घर नजिकै उखुबारीमा उनको शव फेला परेको थियो ।

त्यसपछि भएका पटकपटकका अनुसन्धानमा हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले फेरि नयाँ शिराबाट अनुसन्धान थाल्न टोली खटाउन लागेको हो ।

Dabur Nepal
NIC Asia

प्रहरी स्रोतका अनुसार, निर्मला हत्या प्रकरणको अनुसन्धानबारे पुनः विश्लेषण गरेर अघि बढ्ने तयारी थालिएको छ । त्यसका लागि प्रहरीले हालसम्म प्राप्त प्रमाण र प्रहरीको अनुसन्धानबाट खुलेका तथ्यहरूबारे विश्लेषण गर्दै अनुसन्धान थाल्नेछ ।

प्रमाण र तथ्यबारे प्रहरी प्रधान कार्यालयले विश्लेषणको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिएको छ । सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले मंगलबार त्यसबारे अनुसन्धानमा खटिएका केही प्रहरी अधिकारी र अन्य व्यक्तिहरूसँग पनि लामो छलफल गरेका छन् ।

छलफललगत्तै सीआईबी टोलीलाई पुनः कञ्चनपुरमा खटाएर अनुसन्धान गर्ने तयारी भएको छलफलमा सहभागी एक प्रहरी अधिकृतले जानकारी दिए ।

निर्मला हत्या प्रकरणबारे हाल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मात्रै अनुसन्धान गरिरहेको छ ।

यसअघि, लामो समय सीआईबीको टोली कञ्चनपुर नै बसेर अनुसन्धान गरेको थियो । हत्यालगत्तै खटिएको सीआईबी टोली गत वर्षमात्र कञ्चनपुरबाट फिर्ता भएको थियो ।

तर, कुनै निष्कर्ष निकाल्न नसकेपछि प्रहरी नै विभाजित अवस्थामा थियो । निर्मला पन्त वर्तमान गृहमन्त्री रमेश लेखकको निर्वाचन क्षेत्रकी स्थानीय हुन् ।

हत्याको एक महिनापछि ०७५ भदौमा प्रहरीले कञ्चनपुरकै दिलीप विष्टलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । तर, पछि दिलीपको डीएनए परीक्षण नमिलेपछि उनी छुटेका थिए । अदालतको आदेशबाट विष्ट रिहा भएका हुन् । केही प्रहरी अधिकारीले विष्ट नै निर्मलाको हत्यारा भएको दाबी गरे पनि अदालतले भने प्रमाण अपुग भन्दै रिहा गरिदिएको थियो ।  

प्रहरीले निर्मला हत्याको अनुसन्धानका लागि सयौँको डीएनए परीक्षण गर्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro