site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीमा २४ सदस्यीय सचिवालय गठन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले २४ सदस्यीय सचिवालय गठन गरेको छ । पार्टी कार्यालय आलोकनगरमा मंगलबार सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय सचिवालय गठन गरेको हो ।

सचिवालयमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २४ जना रहने छ ।

त्यस्तै, संविधान संशोधनका लागि सुझाव दिन कार्यदल गठन गरेको छ । संविधान संशोधनबारे अध्ययन गरेर सुझाव दिन उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो । सुझाव कार्यदलमा गरिमा साह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई छन् ।

बैठकले पार्टीको आगामी कार्ययोजनालाई संशोधनसहित पारित गरेको छ । कार्यविभाजनका सन्दर्भमा आएका सुझावहरूलाई अध्ययन गरी दुई दिनपछि टुंग्याउने उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

 

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro