site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गोविन्द केसी र सुशीला कार्कीसँग किन भेटेको भन्दै ओली र दाहालले हप्काएपछि नारायणकाजी श्रेष्ठको राजीनामा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेता नारायणकाजी श्रेष्ठले साउन ६ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर सत्याग्रहमा रहेका चिकित्सक डा. गोविन्द केसीसँग भेटवार्ता गरे । त्यसलगत्तै डा. केसी समर्थक केहीलाई आफ्नै निवासमा बोलाएर केसीका माग कसरी पूरा गर्न सकिन्छ भन्ने बारेमा पनि कुराकानी गरे ।

नेता श्रेष्ठ यसअघिका सत्याग्रहमा पनि डा. केसीकै पक्षमा उभिएका नेतामध्ये एक हुन् । तर उक्त भेटवार्ताले भने ने क पा भित्र तरंग ल्याइदिएको छ ।

ने क पा का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नेता श्रेष्ठले डा. केसीलाई भेटेको केहीदिनभित्रै डा. केसीका माग पूरा गर्ने सम्झौता गरे पनि श्रेष्ठले भने उक्त भेटपछि पदबाट राजीनामा दिनुपरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

चिकित्सा शिक्षा सुधारको माग राखेर सत्याग्रहमा रहेका डा. गोविन्द केसी, उनको अभियानमा सहभागी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, कृष्ण पहाडीलगायत कांग्रेस नेताहरुलाई भेटेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले नेता श्रेष्ठलाई बैठकमै हप्काएपछि पार्टीको प्रवक्ताबाट नेता श्रेष्ठले राजीनामा दिएका हुन् ।

श्रेष्ठ ने क पा को एकताका सुत्रधारसमेत हुन् । श्रेष्ठलाई पार्टीमा छलफल नगरी डा. केसी, सुशीला कार्की, कृष्ण पहाडीलगायत कांग्रेस नेताहरुसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेको भन्दै अध्यक्षद्वयले हप्काएका थिए ।

Global Ime bank

तर ने क पा का महासचिव विष्णु पौडेल र संसदीय दलका उप नेता सुवास नेम्वाङले नै डा. केसीलाई जुस खुवाएर सत्याग्रह तोडाएका हुन् ।

“गत साउन ६ गते पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ डा. गोविन्द केसीको माग पूरा गर्नुपर्र्ने भन्दै भेट्न जानु भएको थियो । श्रेष्ठले केसीलाई भेटेको दोस्रो दिन नेकपाका नेताहरु बाुलवाटारमा केसीको मागको बारेमा छलफल गर्न जम्मा हुनुभएको थियो । त्यहाँ नै प्रचण्ड र ओलीले हामीलाई नसोधी डा. केसी, सुशीला कार्की, कृष्ण पहाडीलगायत कांग्रेसका नेतालाई भेट्न किन गएको ? भन्दै हप्काउनुभएको थियो । दुई अध्यक्षको कुरा सुनेपछि नारायणकाजी श्रेष्ठले पनि त्यसो भए तपाईँहरुको प्रवक्ता तपाईँहरु नै खानुहोस् भनेर बैठक छाडेर हिँड्नुभएको हो,” ने क पा उच्च स्रोतले भन्यो ।

\"\"

स्रोतका अनुसार त्यहीदिन बेलुका अर्थात साउन ७ गते नै श्रेष्ठले राजीनामा दिएका थिए । श्रेष्ठको राजीनामा भने स्वीकृत भएको छैन । पार्टीका नेताहरुले अहिलेसम्म यो विषय गोप्य राखेका थिए ।

“डा. केसीको माग पूरा गर्र्नुपर्छ, यो राष्ट्रिय एजेन्डा हो भन्दा ओली र प्रचण्डले (अ) वस्तुवादी, अलोकतान्त्रिक र अराजनीतिक माग भनेर भन्नुभयो,” श्रेष्ठको भनाइ उद्धृत गर्दै स्रोत भन्छ, “कसैलाई हात मिलाउन पनि ओली र प्रचण्डसँग सोध्नुपर्ने भएपछि प्रवक्ता पद किन चाहियो ? भनेर राजीनामा दिएँ । मान्छे स्वतन्त्र हुन चाहन्छ कसैको दबाबमा बस्न चाहँदैन । कम्युनिष्ट पार्टीको सिद्धान्त पनि त्यो होइन । अब म राजीनामा फिर्ता लिने सोचमा छैन । केसी र सरकारबीचको ८ गतेको वार्ता मेरै पहलमा भएको थियो ।”

प्रवक्ता श्रेष्ठले बुधबार अपरान्ह बाह्रखरीसँग छोटो कुरा गर्दै राजीनामा दिएको पुष्टि गरे । उनले भने, “म अहिले पनि पार्टीको काममा सक्रिय छु । तर प्रवक्ताबाट राजीनामा दिएको हुँ । तर मेरा बारेमा अनावश्यक हल्ला फैलाइएको छ । म राजीनामा फिर्ता लिने मुडमा छैन ।”
“कम्युनिष्टहरु एक हुनुपर्छ भन्ने मेरो एक सुत्रीय भनाइ हो ।  मलाई कस्तो भूमिका दिइयो भन्ने कुरा पार्टीले नै मुल्याङ्कन गर्ला । पार्टीको सचिवालय सदस्यको रुपमा रहेर अब काम गर्छु,” नेता श्रेष्ठको भनाइ छ ।

ने क पाका एक नेताका अनुसार नेता विष्णु पौडेललाई महासचिव बनाइएपछि केही नेता अझैसम्म पनि असन्तुष्ट छन् । त्यसमध्ये श्रेष्ठ पनि एक हुन् ।

पार्टीलाई नसुधारे बाह्य शक्तिले फाइदा लिन्छ

सरकार र पार्टी सञ्चालनका क्रममा केही त्रुटि भएको भन्दै सुधार्नुपर्ने श्रेष्ठको धारणा छ । “कम्युनिष्ट पार्टीमा सबै नेता र सबै कार्यकर्ता हुन् । एकलौटी तरिकाले जान खोजे पार्टीलाई फाइदा पुग्दैन,” उनले भने, “देशलाई पनि फाइदा पुग्दैन । हामीले बेलैमा पार्टीभित्र भएका कमी कमजोरीहरु सुधार्न नसके बाध्य शक्तिले फाइदा लिन सक्छन् ।”

सचिवालय भन्छ, श्रेष्ठको राजीनामा फिर्ता हुन्छ 

नेकपाको विधानमा ९ सदस्यीय सचिवालय रहने व्यवस्था रहेको छ । पार्टी प्रवक्ता हुनको लागि सचिवालय सदस्य हुनुपर्ने हुन्छ । त्यसैले श्रेष्ठको राजीनामा फिर्ता हुने सचिवालयले बताएको छ ।

“नेकपामा ९ सदस्यीय सचिवालय सदस्य रहेको छ,” एक सचिवालय सदस्यले भने, “अन्य कोही व्यक्तिलाई प्रवक्ता बनाउनको लागि सचिवालय सस्दय बनाउनुपर्ने हुन्छ । त्यसको लागि विधान नै संशोधन गर्नुेपर्ने हुन्छ । भर्खरै एकता भएको पार्टीमा विधान संशोधन गर्दा नराम्रो सन्देश जानसक्छ त्यसैले नारायणकाजीको राजीनामा फिर्ता हुने सम्भावना रहेको छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०७५  १८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC