राजनीति
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय सेनाको एक टुकडीले ‘गार्ड अफ अनर’ अर्पण गरेर सम्मान गरेको छ ।
भारतीय राष्ट्रपति भवनमा भएको एक विशेष समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समेत उपस्थित थियो । प्रधानमन्त्री दाहालले भारतीय सेनाले दिएको ‘गार्ड अफ अनर’को अवलोकन गरेपछि भारतीय समकक्षी मोदीले स्वागत गरेका थिए । त्यसलगत्तै प्रधानमन्त्री दाहाल महात्मा गान्धीको समाधीस्थल राजघाज प्रस्थान गरेका छन् ।
तस्बिर : कृष्णहरी पुष्करको ट्विटरबाट
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७३ १०:०३
प्रतिक्रिया दिनुहोस्