site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मोर्चाका शीर्ष नेता रूष्ट, प्रधानमन्त्रीले बोलाएको बैठकमै गएनन्
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरू आफूहरूको माग बेवास्ता गरेको भन्दै सरकारसँग रुष्ट बनेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरूको बैठक बोलाएका थिए । तर शीर्ष नेताहरू अनुपस्थित थिए । तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावनाका अध्यक्ष राजेन्द्र महतो प्रधानमन्त्री दाहालले बोलाएको बैठकमा उपस्थित भएनन् ।
साना दल र दोस्रो तहका नेताहरूले प्रधानमन्त्री दाहाललाई तत्काल माग पूरा नभए अर्को बाटो रोज्ने चेतावनी दिएका थिए । “मधेसको माग सम्बोधन होइन, प्रचारवाजी मात्र गर्ने काम भयो,” एक नेताले भने,“शीर्ष नेताहरू यसबाट रुष्ट हुनुहुन्छ । उहाँहरू बैठकमा आउनुभएन ।” बैठकमा अन्य नेताहरूले भने प्रधानमन्त्रीलाई महन्थ ठाकुर र उपेन्द्र यादवसँग मात्रै कुराकानी गरेको भन्दै रूष्ट बनेका थिए ।
“तपाईँले को सँग कुरा गरिरहनुभएको छ, हामीलाई थाहा भएन,” नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले प्रधानमन्त्रीसँग भने,“हामीलाई पहिले परिणाम चाहिएको हो ।”
प्रधानमन्त्री दाहालले आफ्नो भ्रमणलाई संविधान संशोधनसँग जोडेर हेर्न नहुने धारणा राखेका थिए ।  बैठकमा फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बाहिर बोल्ने मात्रै काम भएको भन्दै अब रिजल्टको प्रतिक्षामा रहेको बताएका थिए ।  बैठकमा मोर्चाका नेताहरूले मन्त्री स्तरमा हुने काम पनि नभएको भन्दै आपत्ति जनाएका थिए ।  गृहमन्त्री विमलेन्द्र निधिले सहिद घोषणा र राहत प्रदान गर्ने काम भइरहेको बताएका थिए ।
तस्बिर : प्रधानमन्त्री सचिवालय
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७३  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC