site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रिय स्वार्थ र हितबारे प्रधानमन्त्रीलाई एमालेले सिकाउनुपर्दैन : वर्षमान पुन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं, २६ भदौ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको बेला विवादित विषयमा बहस नगर्ने स्पष्ट पारेका छन् ।  आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पुनले भने,“एमालेले यसो गर्नुहोस, उसो गर्नुहोस भन्न मिल्दैन, विवादित विषयमा प्रधानमन्त्रीजीले बहस गर्नुहुन्न, यो भ्रमण सद्भावको भ्रमण हो ।” 
नेता पुनले केही राजनीतिक दलहरुले प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा अराजनीतिक ढंगले कुटनीतिक सिद्धान्तको विपरित बहस छेडेको समेत आरोप लगाए । 
उनले नेपालको हित, आवश्यकत्तामा प्रमको भ्रमण हुँदैछ ।’ उनले सार्वभौमसत्तासम्पन्न संसदबाट निर्वाचित प्रधानमन्त्रीलाई राष्ट्रिय हित र स्वार्थ राम्रोसँग थाहा भएको बताउँदै भने,“हुन त पार्टीको आफ्नै नीति र अवधारणा हुनसक्छ, तर प्रधानमन्त्रीलाई कसैलेपनि राष्ट्रिय हित र स्वार्थको बारेमा पाठ नपढाए हुन्छ ।”
उनले घरेलु नीति अनुसार नै पराष्ट्र नीति हुने भन्दै प्रधानमन्त्रीको भारत भ्रमण द्धिपक्षीय हितमा केन्द्रित हुने दाबी गरे । उनले मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वार्थ र भौगोलिक अखण्डतामा कहीँ कतै आँच आउने काम प्रमको भ्रमणमा नहुने विश्वास दिलाए । 
उनले यो विचमा विग्रिएको नेपाल–भारत सम्बन्धलाई विश्वासमा लिने, जनस्तरको सम्बन्ध विकास गर्ने, दुईदेशीय आयोजनाहरुलाई पूर्णता दिने, भुकम्पपछिको पूर्ननिर्माणमा भारतले गर्न सक्ने थप सहयोगबारे विशेष कुरा गर्ने लगायत प्रधानमन्त्रीले भारत भ्रमणमा कुरा उठाउने जनाए । 
नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रधानमन्त्रीको भारत भ्रमणको विषयलाई लिएर वाहियात बहस चलाईएको आरोप लगाए । 
उनले अघि थपे,“भारतको भूतले हामीलाई ग्रस्त बनाएको छ, हुन त प्रधानमन्त्री भएलगत्तै भारत जाने चलन छ, तर यहाँ भ्रमणको विषयमा किन यसरी चर्चा चलाईएको हो, मैले बुझ्न सकेको छैन् ।”
उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यो गर त्यो गर भनेर प्रधानमन्त्रीलाई भनेको उल्लेख गर्दै भने,“यो सरकार सार्वभौमसत्ता सम्पन्न व्यवस्थापिका संसदबाट निर्वाचित सरकार हो, हिजो ओलीजीले जे गर्यो प्रचण्ड सरकारले त्यही गर्ने हो भने किन सरकार परिवर्तन गर्नुपर्यो ?”
उनले द्धिपक्षीय सम्बन्धमा उतारचढाव भयो भन्दैमा अनावश्यक हल्ला गर्नुपर्ने कुनै कारण नभएको तर्क गरे । 
आफ्नो पार्टीका सभापति शेरबहादुर देउवा विदेशबाट आएपछि पनि एक राउण्ड छलफल भएको उल्लेख गर्दै नेता खड्काले भने,‘सभापतिजी आएपछि पनि एक राउण्ड छलफल भैसकेको छ, सम्वाद र सहमतिबाटै यसबारे टुँगो लाग्छ ।’
भारतलाई हेर्ने प्रतिकामी विरासतबाट मुक्त हुनुपर्छ : देव
त्यस्तै फोरम लोकतान्त्रिकका महामन्त्री जितेन्द्र देवले प्रधानमन्त्रीको भारत भ्रमण सम्बन्धलाई विश्वासको आधारमा अगाढि बढाउन सुझाव दिए । उनले भने,“नेपाल र भारत बिचको सुमधुर सम्बन्धनै नेपाल र नेपाली जनताको हितमा छ, जतिनै राम्रो सम्बन्ध हुन्छ, त्यति नै फाईदा हुन्छ ।” 
कार्यक्रममा देवले अहिलेपनि केहीमा भारतलाई हेर्ने दृष्टिकोणमा प्रतिगामि र आग्रहजन्य धार रहेको भन्दै यस्तो विरासतबाट मुक्त भएर नेपाल र भारत बिचको सम्बन्ध अझ सुदृढ गर्नुपर्ने तर्क राखे । 
संघिय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले प्रधानमन्त्रीको भारत भ्रमण मधेसी मोर्चाले गरेको नाका बन्दिलाई भारतले गर्यो भनेपछि बिग्रेको सम्बन्धलाई सुधार्नमा केन्द्रित हुनुपर्ने बताए ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७३  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC