site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्थानीय भन्छन्, भूकम्प जसरी खोलो आयो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
सिन्धुपाल्चोक । राती नौ बजे एक्कासी नदी करायो, के भएछ भनेर बाहिर हेर्दा त झारपात समेत बडार्दै खोलो उर्लिएर आएको रहेछ । त्यो देखेपछि हाम्रो त हंशले ठाउँ नै छोड्यो, पाँच जनाको परिवार भाग्दै जंगलमा गएर रात बितायौँ । यो भनाई तातोपानी–४ की मिना थापाको हो । भोटेकोसीमा एक्कासी बाढी आएपछि भागेर ज्यान जोगाएका मिनाको परिवारको यति वेला बिल्लीबाठ भएको छ ।  छानो त जोगिएको छ तर घरका सामानहरू, बस्तुभाऊ कस्तो हालतमा छन्, उनीहरूलाई केही पत्तो छैन ।
 
उनीलगायत अधिकांश लिपिङबासीले अहिले बजार छाडिसकेका छन् भने ज्यान जोगाउन लाखापाखा पनि लागिसकेका छन् । बजार पूर्णतया बगरमा परिणत भएको छ भने स्थानीयका भाँडावर्तन लत्ताकपडा खोलाको किनारमा छरपष्ट छन् ।  
 
 
बुधबार बाह्रखरी प्रतिनिधिसँग संक्षिप्त कुराकानीमा मिनाले भनिन्, “पानी पनि ठूलो परेजस्तो लाग्दैनथ्यो तर नदीको सतह कहिल्यै नदेखेको गरि बढ्यो । ‘घर भन्दा ज्यान ठूलो’ ठानेर हामी जंगलमा गएर बस्यौँ ।”
 
राती एक्कासी जमिन हल्लन थालेपछि उनीहरूले ठूलो भूकम्प गएको पनि ठाने । गत वर्ष वैशाख १२ को विनासकारी भूकम्पयता अधिकांश परकम्पको केन्द्र बनेको सिन्धुपाल्चोकको तातोपानी क्षेत्रमा मंगलबार राती भने बाढीले वितण्डा मच्चायो । मिना भन्छिन्– ‘भूकम्प’ गएजसरी जमिन हल्लाउँदै बाढी आएपछि लिपिङ बजार खण्डहर बनेको छ । भूकम्पलेसमेत नभत्काएका घरहरू अहिले खोलाको किनारमा पुगेका छन् । 
 
 
र, लिपिङबासीहरू जंगलको ओढारमा बसिरहेका छन् ।नौ/दश वर्षकी छोरी लिएर मिना भने अहिले काठमाडौँ हानिएकी छन् । “ज्यान भन्दा ठूलो केही रहेनछ, भूकम्पमा पनि मरेर बाँचियो, बाढीले बगाउला भनेर हामी त काठमाडौँ हिँड्यौँ,” उनले एकै श्वासमा सुनाइन् । 
 
राती एक्कासी आएको बाढीबाट मानवीय क्षति नभए पनि बाह्रबिसेको प्रहरी चौकी नजिक रहेको मोटर ग्यारेज, बाह्रबिसेमै रहेको प्लाइ कारखाना, तारजाली बुन्ने र ब्लक बनाउने कारखाना, माथिल्लो भोटेकोसी हाइड्रो बाढीले क्षत विक्षत् बनाएको छ । 
 
 
चाकुस्थित चाइनिजले बनाउन लागि बेलिब्रिज बगाएको छ भने ९ किलोको झोलुङ्गे पुल समेत बगाएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले बताएको छ । 
 
भोटेकोसी हाइड्रोपावरको ड्याम समेत भरिएर लेदोले पुरिएको छ भने जम्बोमा रहेको सडक कटान गरेकोछ  । त्यस्तै चाइनिज क्याम्पमा बाढी पसेको प्रहरीले जनाएको छ । 
 
प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले मंगलबार राती नै नदी बढ्ने बित्तिकै सबै प्रशासनिक निकाय सक्रिय भई जोखिम रहेका वस्तीहरुमा माइकिङ गरेर स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको बताए । 
 
“भौतिक क्षति भन्दा पनि मानवीय क्षतिलाई पहिलो प्राथमिकतामा राखेर सेना, प्रहरी र सशस्त्रलगायत सबैले विशेष सतर्कता अपनाएको उनको भनाइ थियो । 
 
चीनको तिब्बतमा भिषण वर्षा भइरहेको हुदाँ कुनैपनि समयमा पुनः बाढी आउनसक्ने खतरा रहेकाले स्थानीयलाई सचेत गराइएको उनले जानकारी दिए । 
 
भोटेकोसीको यो बाढी दशकयताकै ठूलो र विनाशकारी भएको स्थानीयको दाबी छ । 
 
तातोपानीबाट सुरेश बुढाथोकीको सहयोगमा
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २२, २०७३  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC