site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौ, रासस । गत असोजमा गरेको चार बुदेँ सम्झौता कार्यान्वयनका लागि नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ । 

गत असोज १३ गते प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा स्वास्थ्य मन्त्रालय र संघबीच भएको सम्झौतामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र सो सम्बन्धमा बनेको नियमावली २०६९ लाई परिमार्जन गरी बिना धरौटी हिरासतमा लिई कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाउन मिल्ने व्यवस्था र चिकित्सकको पारिश्रमिक तथा सुविधा बढाउने लगायतका बुँदा कार्यान्वयनका लागि संघले सरकारको ध्यानाकर्षण गराएको हो ।

संघका महासचिव डा लोचन कार्कीले सम्झौताका सम्बन्धमा हालसम्म कुनै पनि उपलब्धि हासिल नभएकाले संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै बिहीबार साँझ विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन् । 
महासचिव कार्कीले सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने सरकारको व्यवहारले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई चिन्तित तुल्याएको पनि बताए । विगतमा भएका सम्झौताको कार्यान्वयनमा अझै ढिलाई भए ठोस् कदम चाल्ने चेतावनी पनि संघले दिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०७४  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC