site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘नेपालका बालबालिका साह्रै मिजासिला’
Sarbottam CementSarbottam Cement

काठमाडौँ । प्लान इन्टरनेशनल जर्मनीकी दूत तथा जर्मनअभिनेत्री इमिलिया सुचलले नेपाल भ्रमणको क्रममा नेपालको विभिन्न समुदायको भ्रमण गरेकी छन् । एक हप्ता नेपाल भ्रमणका लागि आएकी सूचलले आफ्नो कार्यक्षेत्र सहेका समुदायका बालबालिकासँग रमाएकी हुन् ।

२४ वर्षीया जर्मन नायिका ईमिलियाले नेपाल भ्रमणको क्रममा उनले मकवानपुरको आमभन्ज्याङस्थित जनक माध्यमिक विद्यालयमा विद्यार्थी, शिक्षक र विद्यालयका व्यवस्थापन समितिहरूसँग अन्तरक्रिया गरेकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“नेपालका बालबालिकासँग रमाउन पाउँदा म ज्यादै हर्षित छु,” उनले नेपालका सञ्चारमाध्यमलाई प्रतिक्रिया दिइन्, “नेपालका बालबालिकाहरू मिजासिला छन् ।”
दुःखमा पनि हर्षित मुद्रामा बालबालिका देख्न पाउँदा उनी पुलकित देखिएकी थिइन् ।

“यो मेरो नेपालमा पहिलो भ्रमण हो, नेपालको विभिन्न ग्रामिण क्षेत्रमा भ्रमण गर्न पाउँदा खुसी लागेको छ,” ईमेलियाले बताइन् । भ्रमणका क्रममा उनले सोही विद्यालयकी एक छात्राको पढाइ खर्चसमेत बेहोर्ने बताइन् । 

Global Ime bank

रुसमा जन्मेकी ईमेलियाले सन् २००५ बाट फिल्मको करियर सुरू गरेकी हुन् । उनले अभिनय गरेको ‘हाइ सोसाइटी’ र ‘युथ विथआउट गड’ नामक फिल्म छिट्टै रिलिज हुदैंछ । 
फिल्म क्षेत्रमा बाहेक अभिनेत्री ईमिलियाले विभिन्न समस्या भोगिरहेका बालबालिकाका सहयोग गर्दै आइरहेकी छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC