देश
महेन्द्रनगर, धनुषा (रासस) । जनकपुरमा शनिबार राति ८ बजे बम विस्फोट भएको छ ।
रंगभूमि मैदान (बाह्रबिघा) को उत्तर पश्चिम छेउमा संकटमोचन मन्दिर नजिक बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । विस्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति भएको छैन । बम विस्फोट भएको ठाउँबाट केही पर राजपा नेता राजेन्द्र महतोको डेरा छ ।
बम विस्फोट भएको ठाउँमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरी अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०७४ ०६:२९
प्रतिक्रिया दिनुहोस्