site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बैतडी (रासस) । पहिलो चरणअन्तर्गत यही मंसिर १० गते हुने प्रतिनिधिसभा  र प्रदेशसभा सदस्य निर्वाचनका लागि बैतडीमा तीन हजार ५०० जनशक्ति परिचालन गरिने भएको छ । 

प्रमुख जिल्ला अधिकारी सिद्घराज जोशीका अनुसार दुई हजार ६३ सुरक्षाकर्मी, एक हजार ४४९ निजामती कर्मचारी र स्वयंसेवक गरी तीन हजार ५१२ जना जनशक्ति परिचालन गरिन लागिएको हो । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीका ७३५, सशस्त्र प्रहरीका १८८, नेपाली सेनाका ३१० र म्यादी प्रहरीका ८१५ र अनुसन्धान प्रहरीका १५ गरी कूल दुई हजार ६३ जना सुरक्षाकर्मी खटिने भएका छन् । 

बैतडीमा रहेका १८२ मतदान केन्द्रमध्ये दुर्गम तथा टाढाका केन्द्रमा मतदान अधिकृत खटाइसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । भौगोलिक रुपमा टाढा रहेका जिल्लाका सिगास, शिवनाथ, पञ्चेश्वर गाँउपालिका र पुर्र्चौडी नगरपालिकामा मतदान सामग्रीसहित कर्मचारी पठाइएको हो । बाँकी ठाउँमा बिहीबारसम्म कर्मचारी पुगिसक्ने जल्ला निर्वाचन अधिकारी माधव प्रसाद फुयाँलले जानकारी दिए । प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा एक लाख ३२ हजार ३१९ मतदाता रहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

बैतडीमा थप सात हजार नयाँ मतदाताले मतदान गर्न पाउने भएका छन् । गत असारमा सम्पन्न स्थानीय तह निर्वाचनमा एक लाख २५ हजार २८३ मतदाता रहेकामा निर्वाचन आयोगले गत साउन १ देखि भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन गरेसँगै सात हजार ३६ मतदाता थपिएको हो । यसमा ६४ हजार ४७१ पुरुष, ६७ हजार ८४६ महिला र दुईजना तेस्रोलिङ्गी मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  


तीन स्थानमा १२ जनाको प्रतिस्पर्धा

Global Ime bank

प्रतिनिधिसभा सदस्यका लागि पाँच उम्मेदवार मैदानमा छन् ।  प्रदेश ‘क’ मा पाँच र ‘ख’ मा दुईजना भिडिरहेका छन् । 

प्रतिनिधिसभाका लागि नेपाली काँग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनबाट नरबहादुर चन्द, वाम गठबन्धनबाट दामोदर भण्डारी, एकीकृत राप्रपा राष्ट्रवादीबाट त्रिलोकबहादुर चन्द, विवेकशील साझाबाट नारायणदत्त अवस्थी र राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी चुनावी मैदानमा छन् ।

यस्तै, प्रदेश क मा लोकतान्त्रिक गठबन्धनबाट हरिमोहन भण्डारी, वाम गठबन्धनबाट प्रेमप्रकाश भट्ट, राष्ट्रिय जनसमाजवादी पार्टीबाट भगीरथसिंह कुँवर, राष्ट्रिय जनमोर्चाबाट अर्जुनसिंह मडै र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट दिलीपराज पाण्डे चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।

यस्तै प्रदेश ख मा लोकतान्त्रिक गठबन्धनबाट गणेश चन्द र वाम गठबन्धनबाट लीलाधर भट्ट भिडिरहेका छन् । चुनावलाई लक्ष्य गरेर बैतडीमा सबै राजनीतिक दल आफ्नो पक्षमा मतदाता तान्न अन्तिम कसरतमा रहेका छन् ।


३८ मतदानस्थल संवेदनशील 

यही मंसिर १० मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बैतडीका तीनवटा मतदानस्थललाई अतिसंवेदनशील र ३८ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखिएको छ ।

जिल्ला सुरक्षा समितिले मतदान केन्द्र र मतदानस्थलको भौगोलिक, सामाजिक लगायतका अवस्था हेरेर श्रेणी विभाजन गरेको प्रजिअ सिद्धराज जोशीले जानकारी दिए ।
पुरचौडी नगरपालिका–३ मा रहेको न्वादेउ आधारभूत विद्यालय केन्द्र, पुरचौडी नगरपालिका–४ मा रहेको पहरोल मावि केन्द्र र खेती मावि तल्लादेही केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । न्वादेउ आधारभूत विद्यालय केन्द्र आसपासमा स्थानीय तहको निर्वाचनका बेला बम विस्फोट भएको थियो । 

यस्तै, ३८ वटा मतदानस्थललाई संवेदनशीलको सूचीमा राखिएको छ । बैतडीमा आगामी निर्वाचनका लागि १२० वटा मतदानस्थल र १८२ वटा मतदान केन्द्र तोकिएका छन् । 


पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि प्रदेश नं ७ का नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द हुने भएका छन् । सीमा नाका झुलाघाट र दार्चुलाको भारतसँग जोडिएको नाका ७२ घण्टाका लागि बन्द हुने भएको हो । 

मंसिर ७ गते राति १२ बजेदेखि सीमा नाका झुलाघाटमा आवतजावत बन्द गरिने प्रजिअ जोशीले जानकारी दिए । उनले भने, “चुनावी सुरक्षालाई ध्यानमा राखेर ७२ घण्टा सीमा बन्द गर्ने सहमति यसअघि नै दुई देशका सुरक्षा अधिकारीबीच भइसकेको छ ।” 

बिरामी बाहेकका सबैलाई त्यो बेला नाकाबाट आवतजावत गर्न दिइने छैन । निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाइएकाले मतदाताले ढुक्क भएर मतदानमा भाग लिन सक्ने प्रजिअ जोशीले बताए ।

चुनावी सुरक्षालाई ध्यानमा राखेर बैतडीलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मंसिर ५ गतेदेखि मतगणना नसकुन्जेलसम्मका लागि जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । 

मंसिर १० गते प्रदेश नं ७ का बैतडीसहित दार्चुला, बझाङ र बाजुरामा निर्वाचन हुँदैछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०७४  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC