site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मूलखर्कमा सडक अझै सहज भएन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
धुन्चे  । पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाको मूलखर्क क्षेत्रमा सडक व्यवस्थापन हुन नसक्दा मालबाहक कन्टेनर ओहरदोहर गराउँदा समस्या भएको छ । 
 
नेपाल–चीन केरुङ व्यापारका सामग्री ल्याउने लैजाने सामग्री बोकेका कन्टेनर मूलखर्कमा चिप्लिएर मोटर उकाल्न गाह्रो परेको ट्रक कन्टेनर चालकले दुखेसो गरेका छन् । 
 
नेपाल–चीन केरुङ व्यापार सङ्घका अध्यक्ष मानबहादुर तामाङका अनुसार राम्चे गाविसको राम्चेभिर मूलखर्क, स्याफ्रु गाविसको सानोभार्खु खोल्छा आसपास, धुन्चे नजिकको खोपाङभिर, लिङलिङ समेतका स्थानमा कतै पहिरो आउने र कतै हिलोेले मोटरका चक्का गुड्न नसक्ने भएका कारण नेपालको एकमात्र उत्तरी नाका सुचारु राखी व्यापार व्यवसायमा सहज पार्न संस्थागतरुपले सडक कार्यालय र सम्बन्धित निकायमा निरन्तर पहल भइरहेको छ । 
 
यो नाकाले दैनिक रु एक करोड आय गर्ने भन्सार कार्यालयले बताएको छ । 
 
मूलखर्कमा मोटर पुगेपछि पार गराउन समस्या परेपछि जिल्ला अस्पतालबाट सरुवा गरेका बिरामी सहजरुपले काठमाडौँ लान समस्या हुन थालेको एम्बुलेन्स चालक बताउँछन् । 
 
रसुवागढी क्षेत्रमा बेलाबेलामा भिरमाथिबाट ढुङ्गा निरन्तर आउन थालेपछि व्यवसायीका तीन दर्जनभन्दा बढी सवारीसाधनमा क्षति भई व्यवसायीलाई ठूलो मर्का परिसकेको अध्यक्ष तामाङले बताए । रासस
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७३  १०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC