site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवाले भने–कम्युनिष्ट शासनमा रुनसमेत पाइँदैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसले आगामी चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला लगायतका शीर्ष नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पार्टी कार्यालय सानेपामा सार्वजनिक समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले अहिले प्रजातन्त्रमाथि खतरा देखिएको भन्दै प्रजातन्त्र जोगाउन पनि कांग्रेसलाई मतदान गर्न आग्रह गरे ।

“७ सालको राणा शासन हटाइयो, पञ्चायत हटाइयो, राजतन्त्र पनि हटाइयो । अब समृद्धिको नेतृत्व पनि कांग्रेसले नै गर्छ,” सभापति देउवाले घोषणापत्र सार्वजनिक गर्दै भने, “प्रजातन्त्र जोगाउन पनि कांग्रेसलाई मतदान गर्नैपर्छ ।”

Global Ime bank

उनले कम्युनिष्ट गठबन्धनले प्रजातन्त्र खतरामा रहेको बताउँदै भने, “प्रजातन्त्रमाथि खतरा छ । कम्युनिष्ट गठबन्धनले प्रजातन्त्र धरापमा पार्न खोज्दैछन् । प्रजातन्त्रले नै जनतालाई सम्पूर्ण अधिकार दिएको छ । कम्युनिष्ट शासनमा अन्याय भयो भनेर मन लागेका बेला रुनसमेत पाइँदैन । ममाथि अन्याय भयो भन्न पनि पाइँदैन । देशलाई कम्युनिष्ट अधिनायकवादतर्फ लैजान खोज्दैछन् ।” कार्यक्रममा नेता पौडेलले कांग्रेसले तयार पारेको घोषणापत्रले समृद्धिको मार्गचित्र कोरेको बताए  त्यसका लागि पनि कांग्रेसकै नेतृत्व आवश्यक भएको उनको भनाई थियो ।

महामन्त्री कोइरालाले कम्युनिष्ट एक ठाउँमा उभिएको बताउँदै अब कांग्रेस पनि एकवद्ध भएर चुनावमा जानुपर्ने बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०७४  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC