site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पोर्चुगल र वेल्सको भिडन्त हो, बेल र रोनाल्डोको होइन : बेल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एजेन्सी
पेरिस । फ्रान्समा जारी युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबलको पहिलो सेमिफाइनलमा बुधबार राति वेल्स र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ ।
स्टेड डी लियोनमा हुने पहिलो सेमिफाइनल भिडन्तमा रियल मड्रिडका टिममेट दुई स्टार ग्यारेथ बेल र क्रिष्टियानो रोनाल्डो एक अर्काविरुद्ध मैदान ओर्लदँै छन् । धेरैले दुई टोलीबीचको भिडन्तलाई बेल र रोनाल्डोबीचको प्रतिस्पर्धा मानेका छन् । तर, वेल्सका स्टार ग्यारेथ बेलले भने पहिलो सेमिफाइनल खेललाई रोनाल्डो भर्सेस बेल नभई वेल्स भर्सेस पोर्चुगल भएको बताएका छन् ।
बेल र रोनाल्डो क्लबबाट खेल्दा एक अर्काका परिपुरक हुन्  ।  दुवैको निकै राम्रो सम्बन्ध छ । बुधबार राति लियोनमा दुई खेलाडी एक अर्काविरुद्ध मैदान उत्रिँदै छन् । र, पहिलो सेमिफाइनलमा दुवैको सम्बन्ध कस्तो हुने भन्नेमा सवैको कौतुहलता छाएको छ । तर, बेलले यो खेल बेल र रोनाल्डोको नभई वेल्स र पोर्चुगलको भएको बताएका छन् ।
“यो खेल दुई खेलाडीका बारेमा होइन, यो दुई देशबीचको सेमिफाइनल हो । एक एक खेलाडी नभएर ११ खेलाडी अर्को टिमका ११ खेलाडी विरुद्ध खेल्ने हुन् । यो सबैलाई थाहा छ,” बेलले भने ।
बेल र रोनाल्डोले रियल मड्रिडमा सशक्त प्रदर्शन गर्दै आएका छन् । बेल र रोनाल्डोलाई साथ दिन फ्रान्सका करिम बेन्जिमाले पनि महत्वपूर्ण भूमिका खेल्दै छन् । यी तीन खेलाडीकै महत्वपूर्ण योगदानले गत सिजनमा मड्रिडले  च्याम्पियन्स लिगको उपाधि जितेको थियो । तर, दुई खेलाडीबीच बेला बेला सम्बन्ध चिसिएको खबर आउने गरेको छ । दुवैले आफूहरुबीच निकै राम्रो सम्बन्ध रहेको भन्दै हल्ला अस्वीकार गर्दै आएका छन् ।
बेलले रोनाल्डो राम्रो खेलाडी रहेको भन्दै सेमिफाइनल खेल्न आफ्नो टोलीले तयारी राम्रो गरेको बताए । “हामीले रियल मड्रिडमा निकै रमाइलो गरेका छौं, एक अर्कासँग खेल्न पाउँदा रमाइलो लाग्छ ,” बेलले थपे, “उनी उत्कृष्ट खेलाडी हुन्, उनले के गर्न सक्छन् भन्ने सबैलाई थाहा छ । बुधबार पनि उनले राम्रो गर्ने छन् । तर यो खेलमा हामीले पनि राम्रो गर्ने छौं । त्यसैले हामीले हाम्रो तयारी राम्रो गरेका छौं ।”
बेल सन् २०१३ मा रियल मड्रिड जाँदा उनी विश्वका महंगा खेलाडी बनेका थिए । रियल मड्रिडले उनलाई ८५ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो । यस्तै रोनाल्डो सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट ८० मिलियन पाउण्डमा रियल मड्रिड गएका थिए ।
 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७३  ०९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !