site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अनिशालाई स्वर्ण
Sarbottam CementSarbottam Cement

काठमाडौं । एपीएफकी अनिशा तामाङले १८औँ राष्ट्रिय पुरुष तौल समूह तथा १७औँ राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिताको महिला खुला तौल समूहमा मंगलबार स्वर्ण जितेकी छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको फाइनलमा अनिशाले आफ्नै क्लबकी सुमित्रा नगरकोटीलाई पराजित गरिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको पुरुष ५० केजीमा आयोजक वज्रका विज्ञान तोलोङगी पहिलो भए । उनले फाइनलमा वज्रकै हेमन बस्नेतलाई हराए । पुरुष ६० केजीमुनि फाइनलमा नेपाल आर्मीका प्रवीण माझीले आर्मीकै केशरबहादुर नेपालीलाई पाखा लगाउदै स्वर्ण हात पारे ।

पुरुष ७० केजीमुनि आर्मीका सनीसिंह सुनार शीर्ष स्थानमा रहे । उनले फाइनलमा आयोजक वज्रका विकास शाहीलाई पन्छाए । पुरुष ७० केजीमाथि आईकेओका अमित महर्जनले फाइनलमा एपीएफका पेम्बा छिरि तामाङको चुनौती पन्छ्याउदै स्वर्ण जिते ।

Global Ime bank

हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, पाँच हजार र दुई हजार ५०० नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई आयोजक वज्रका अध्यक्ष जगतप्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी र एपीएफ गरी नौ टिमका ८० खेलाडी सहभागी थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  २३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement