site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कर्पोरेट सुपर सिक्सेस सिजन–७ सम्पन्न : माछापुच्छ्रे बैंक च्याम्पियन
Sarbottam CementSarbottam Cement

काठमाडौं । माछापुच्छ्रे बैंकले मंगलबार कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ ।

मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा आईसीएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंकले उपाधि उचालेको हो । एसएस इभेन्ट्सको आयोजनामा हुँदै आएको कर्पोरेट क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे पहिलोपटक कर्पोरेट क्रिकेटमा विजेता भएको हो ।

आईसीएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुच्छ्रेले ४.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो । माछापुच्छ्रेको जितमा निशेष केसीले ३१ रन र विभव जोशीले १६ रन   जोडे ।

Prabhu Bank
Agni Group
NIC Asia

निशेषले १४ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । विभवको इनिङमा समान एक चौका र छक्का रह्यो ।

आईसीएफसी फाइनान्सको बलिङमा सुरज तिमल्सिना र सन्जोक गुरुङले समान एक विकेट लिए पनि आफ्नो टोलीको हार टार्न सकेनन् । त्यसअघि आईसीएफसी फाइनान्सले निर्धारित पाँच ओभरमा एक विकेटको क्षतिमा ६५ रनको योगफल बनाएको थियो । आईसीएफसी फाइनान्सका लागि अरविन्द राणाले १३ बलमा ३१ रन र सुरज तिमल्सिनाले १३ बलमा १६ रन जोडे ।

Global Ime bank

अरविन्दको इनिङमा चार चौका र दुई छक्का थियो । माछापुच्छ्रेको बलिङमा कुनै पनि बलरले विकेट लिन सकेन । प्लेअर अफ दी फाइनल माछापुच्छ्रेका निशेष केसी चयन भए । यस सिजनको विजेता माछापुच्छ्रे र उपविजेता आईसीएफसी फाइनान्सले ट्रफी र गिफ्ट ह्याम्पर पाए । यस संस्करणको विजेता माछापुच्छ्रे बैंकले आगामी सिजन फ्री इन्ट्री पाएको छ ।

प्लेयर अफ दी टुर्नामेन्टमा आईसीएफसी फाइनान्सका सुरज तिमल्सिना र बेस्ट ब्याटर एनआईसी एसियाका अमर रावल घोषित हुँदै गिफ्ट ह्याम्पर पाए ।

त्यस्तै, बेस्ट बलरमा आइसिएफसी फाइनान्सका सुरज तिमल्सिना, बेस्ट फिल्डरमा माछापुच्छ्रेका श्रीजन सुबेदी र बेस्ट विकेटकिपर माछापुच्छ्रे निशेष केसीले पनि गिफ्ट ह्याम्पर पाए ।

सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीमा एनआईसी एसियाका अमर रावल र फेयर प्ले अवार्ड प्राइम बैंकले प्राप्त गर्यो । प्रतियोगिताको बैंकिक पार्टनर एनआईसी एसिया छ ।

विजेतालाई एमाले नेता कर्ण थापा, हरिनारायण रौनियार, नेकोसका अध्यक्ष पर्शुराम बस्नेत, नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह र एसएस एभेन्ट्सका निर्देशक सुमित रौनियारले पुरस्कृत गरे ।

सन् २०१४ मा सुरु भएको कर्पोरेट सुपर सिक्सेसको सातौँ सिजनमा मंगलबार क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  २३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement