site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पहिलोपटक फिफा फुटसल वरीयता सार्वजनिक, नेपाल १२१औँ स्थानमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पहिलोपटक फुटसलको विश्व वरीयता सार्वजनिक गरेको छ ।

फिफाले मंगलबार फुटसलको वरीयता सार्वजनिक गरेको हो । सार्वजनिक वरीयताअनुसार नेपाल १२१औँ स्थानमा छ ।

Prabhu Bank
Agni Group
NIC Asia

वरीयतामा कुल १३९ टोली छन् । जसमा दक्षिण एसियाबाट नेपाल, माल्दिभ्स र भारत गरी तीन टिम समेटिएका छन् । वरीयतामा माल्दिभ्स ११०औँ र भारत १३५औँ स्थानमा छन् ।

वरीयताको शीर्ष स्थानमा ब्राजिल छ । यस्तै, दोस्रो स्थानमा पोर्चुगल, तेस्रो स्थानमा स्पेन, चौथो स्थानमा इरान, पाँचौ स्थानमा अर्जेन्टिना, छैटौँ स्थानमा मोरोक्को, सातौँ स्थानमा रुस, आठौँ स्थानमा काजाखस्तान, नवौँ स्थानमा थाइल्यान्ड र १०औँ स्थानमा फ्रान्स छन् । 

Global Ime bank

ब्राजिल पाँचपटक फिफा फुटसल विश्वकप विजेता हो । यस्तै, स्पेनले दुईपटक विश्वकपको उपाधि जित्दा अर्जेन्टिना र पोर्चुगल समान एकपटक च्याम्पियन बनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  २३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement