site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बैतडी । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि बैतडीमा आठवटा मतदान केन्द्र थपिएका छन् । स्थानीय तहको निर्वाचनका बेला १७४ मतदान केन्द्र रहेकामा आगामी निर्वाचनका लागि १८२ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए ।  

डिलाशैनी गाउँपालिका–७ मा रहेको सिके मावि मतदानस्थलमा दुईवटा केन्द्र रहेकामा आगामी निर्वाचनका लागि एक केन्द्र थपिएको छ । पाटन नगरपालिका–९ जनप्रीय मावि, पुरचौंडी नगरपालिका–८ स्थित डिलाशैनी मावि, मेलौली नगरपालिका–१ स्थित गोपाञ्जल आधारभूत विद्यालय झुसिल र मेलौली नगरपालिका–३ स्थित केदारमावि कुचाड मतदानस्थलमा एक÷एक मतदान केन्द्र थपिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी, मेलौली नगरपालिका–९ स्थित विशालपुर मावि, शिवनाथ गाउँपालिका–२ स्थित नागार्जुन मावि र सिगास गाउँपालिका–१ स्थित लेकलुपड मतदानस्थलमा एक÷एक मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

सात हजार मतदाता थपिए 

Global Ime bank

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लामा सात हजार ३४ मतदाता थपिएका छन् । गत असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक लाख २५ हजार २८३ मतदाता रहेकामा निर्वाचन आयोगले गत साउन १ गतेदेखि भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन गरेसँगै मतदाताको संख्या अब एक लाख ३२ हजार ३१७ पुगेको छ । 

पुरुष ६४ हजार ४७०, महिला ६७ हजार ८४५ र दुई जना तेस्रोलिंगी मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी माधव फुँयाँलले जानकारी दिए । क्षेत्र नं १ मा ३२ हजार १३६ पुरुष र ३३ हजार २८९ महिला गरी ६५ हजार ४२५ मतदाता तथा क्षेत्र नं २ मा ३२ हजार ३३४ पुरुष, ३४ हजार ५५६ महिला र दुई तेस्रोलिंगी गरी ६६ हजार ८९२ मतदाता रहेका छन् । 

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन मिति घोषणा गरेको दिन अर्थात् २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएकाले अगामी निर्वाचनमा मतदान गर्न पाउने छन् । मतदाता नामावली ऐन, २०७३ ले व्यवस्था गरेअनुसार निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा अब नयाँ नाम दर्ता र ठाउँसारी गर्न नपाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा प्रदेश सभाका लागि दुई तथा प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०७४  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC