site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गोरखामा कम्युनिस्ट गठबन्धन र कांग्रेस–नयाँ शक्तिबीच टक्कर !
Sarbottam CementSarbottam Cement

काठमाडौं । गोरखामा कांग्रेस र नयाँ शक्तिबीच तालमेल हुने भएपछि देशभर तालमेल गरेका एमाले–माओवादीसँग कडा प्रतिस्पर्धा हुने भएको छ । 

पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा मातृ पार्टी माओवादीबाट चुनाव जितेर प्रधानमन्त्री समेत भएका बाबुराम भट्टराई अन्ततः कांग्रेससँग तालमेल गर्ने भएका छन् ।
यसअघि एमाले–माओवादीको कम्युनिस्ट गठबन्धनमा सहभागी उनी आफूले चुनाव जित्नै पर्ने र त्यो पनि गोरखा–२ बाटै उमेदवार बन्ने बताएपछि छुट्टिएका थिए । उता माओवादीका वरिष्ठ नेता नारयणकाजी श्रेष्ठले पनि त्यही क्षेत्र नछाड्ने भएपछि उनी कांग्रेससँग तालमेल गर्ने निर्णयमा पुगे ।

स्थानीय तहको निर्वाचन नतिजा अनुसार पनि करिब बराबर भोट भएका यी दुई शक्तिबीच हुने प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ । सँगै अघिल्लो दुई संविधानसभा निर्वाचन र स्थानीय निर्वाचनको नतिजाका आधारमा हामीले गरेको विश्लेषण यस्तो छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि ३ क्षेत्र रहेको गोरखामा नयाँ संरचनाअनुसार २ वटा क्षेत्र मात्रै कायम भएका छन् । गोरखामा ३ क्षेत्र कायम रहँदा भएका पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा माओवादी उमेदवार डा. भट्टराईसहित उक्त पार्टीका उमेदवार भारी मत अन्तरले विजयी भएका थिए । तर, हालै सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादीका प्रभावशाली नेता भट्टराईले नयाँ शक्ति पार्टी खोलेर प्रतिस्पर्धामा जाँदा नतिजा भने निकै फरक आयो ।

स्थानीय तह निर्वाचनमा गोरखाका ११ तहमध्ये ९ मा कांग्रेस विजयी भयो भने माओवादी केन्द्रले २ गाउँपालिकामा चित्त बुझायो ।

Global Ime bank

अहिले एमाले–माओवादी गठबन्धन र नयाँ शक्ति–कांग्रेसबीच तालमेल हुने भएपछि नतिजा के होला भन्ने सबैको चासो छ । त्यसमा पनि गोरखा क्षेत्र नं २ मा बाम गठबन्धनबाट नारायणकाजी श्रेष्ठ र नयाँ शक्ति– कांग्रेसको तर्फबाट डा. बाबुराम भट्टराई उमेदवार बन्ने भएपछि अझ प्रतिस्पर्धा पेचिलो बन्ने भएको छ ।

क्षेत्र नं १ मा बाम गठबन्धनको तर्फबाट माओवादीका हरि अधिकारी उमेदवार बन्दैछन् भने कांग्रेस, नयाँ शक्ति र राप्रपाको तर्फबाट कांग्रेसका चिनकाजी श्रेष्ठ वा  हरि बजगाईँ मध्ये एक जना उठ्दैछन् ।

हामीले बाम गठबन्धन र कांग्रेस, माओवादी, राप्रपाको वडा अध्यक्षका उमेदवारले ल्याएको मतलाई ती पक्षको मतका रुपमा विश्लेषण गरेका छौं ।    

गोरखा क्षेत्र नं १ : कांग्रेस एक्लै बलियो, तालमेलले सहज
गोरखा क्षेत्र नं १ अन्तर्गत गण्डकी गाउँपालिका, शहिद लखन गाउँपालिका, गोरखा न.पा. वडा नं. १, २, ३, ४, ५, ६, ७, भिमसेन गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका पर्दछन् । 

यो क्षेत्रमा बाम गठबन्धनको तर्फबाट माओवादीका हरि अधिकारी उमेदवार बन्दैछन् भने कांग्रेस, नयाँ शक्ति र राप्रपाको तर्फबाट कांग्रेसका चिनकाजी श्रेष्ठ वा  राजेन्द्र बजगाईँ मध्ये एक उमेदवार बन्दैछन् ।
यो क्षेत्रमा पर्ने ५६ वडा मध्ये २९ मा कांग्रेस, १५ मा माओवादी, ११ मा एमाले र १ वडामा मात्रै नयाँ शक्ति विजयी भएको छ ।

प्रतिनिधिसभाका लागि ९८ हजार ६२३ मतदाता रहेको यो क्षेत्रमा वडा तहको मत अनुसार कांग्रेसको मात्रै सबैभन्दा धेरै २१ हजार ५ छ । त्यस्तै, उसलाई सहयोग गर्ने नयाँ शक्तिको ५ हजार ९२१ तथा राप्रपाको ५६६ मत रहेको छ । जसले गर्दा कांग्रेसको उमेदवारको पक्षमा २७ हजार ४९२ मत हुन्छ । 

यता बाम गठबन्धन बनाएका एमाले र माओवादीको २८ हजार ३८९ मत रहेको छ । यो मध्ये १६ हजार ७४७ मत माओवादीको हो भने ११ हजार ६४२ मत एमालेले ल्याएको हो ।
स्थानीय निर्वाचनको नतिजालाई हेर्दा केही मतले बाम गठबन्धन अगाडि देखिन्छ । यद्यपी कांग्रेसको एकल मत बढि हुँदा र एमालेले माओवादी उमेदवारलाई भोट हाल्नुपर्ने अवस्थामा कांग्रेसको सम्भावना बलियो देखिन्छ ।

गोरखा क्षेत्र नं २ : श्रेष्ठ र भट्टराई बीच जुँगाको लडाईं
यो क्षेत्रअन्तर्गत गोरखा नगरपालिकाका वडा नं. ८, ९, १०, ११, १२, १३, १४ पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, सुलीकोट गाउँपालिका र अजिरकोट गाउँपालिका रहेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि ९० हजार ८१५ मतदाता कायम गरिएको यो क्षेत्रमा कांग्रेस,नयाँ शक्ति र राप्रपाको तर्फबाट बाबुराम भट्टराई उमेदवार बन्दैछन् भने एमाले–माओवादीको बाम गठबन्धनको तर्फबाट नारायणकाजी श्रेष्ठ उठ्दैछन् ।

दुबै उक्त क्षेत्रका स्थानीय नेता तथा यसअघि माओवादीमै रहेर काम गरेका हुन् । सूर्य चिन्ह लिएर बाम गठबन्धनबाट लड्न तयार भएका भट्टराईलाई श्रेष्ठले नै उक्त क्षेत्र नछाडेपछि कांग्रेससँग मिल्न पुगेका हुन् । यसले गर्दा पनि यो क्षेत्रको चुनावलाई दुई नेताको प्रतिष्ठाको लडाईंका रुपमा पनि हेरिएको छ ।

स्थानीय तहको मतपरिणमलाई हेर्दा पनि यो क्षेत्रमा दुई पक्षबीच निकै टक्कर हुने पक्का छ ।

 स्थानीय नतिजा अनुसार कांग्रेसको १६ हजार ६६२ मत छ भने नयाँ शक्तिको पक्षमा ७ हजार ६१०, राप्रपाको ४६२ मत छ । यसको अर्थ बाबुरामको पक्षमा २४ हजार ७३४ मत रहेको छ । 

त्यस्तै यो क्षेत्रमा माओवादीको १७ हजार ८४५ मत छ भने एमालेको ७ हजार ५९२ मत रहेको छ । यसको अर्थ श्रेष्ठको पक्षमा २५ हजार ४३७ मत हुन आउँछ । 

मतअनुसार भट्टराईभन्दा श्रेष्ठ ७०३ मतले अगाडि छन् । तर, यो क्षेत्रको विकासमा भट्टराई अर्थमन्त्री र प्रधानमन्त्री हुँदा श्रेष्ठभन्दा केही बढी सक्रिय भएका कारण उनको व्यक्तिगत भोट बढि आउन सक्ने आँकलन गर्न सकिन्छ । यद्यपी, त्यतिबेला उनी माओवादीमै छँदै त्यो काम गरेकाले यो व्यक्तिले नभई पार्टीले गरेको भन्ने पनि एउटा तप्का छ । 

समग्रमा गोरखाका दुबै क्षेत्रमा दुई पक्षबीच प्रतिस्पर्धा कडा हुने देखिन्छ । स्थानीय तहमा भन्दा अहिले केही मतदाता थपिएको र मतदातले अहिलेको राजनीतिक घटनाक्रमलाई हेर्ने दृष्टिकोणले पनि मतपरिणाम कसको पक्षमा आउँछ भनेर भन्न सक्ने अवस्था छैन ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०७४  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC