site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादी मन्त्रीहरू सरकार छाड्न पार्टीको निर्णय पर्खिंदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पार्टीले फिर्ता बोलाउने बित्तिकै आफूहरु सरकारबाट फिर्ता हुने बताएका छन् । मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा महराले  आफूहरु पार्टी अध्यक्ष पुष्पकमल दाहालको निर्णयको पर्खाइमा रहेको बताए ।

सरकार छाडेपनि सरकारलाई दिएको पार्टीको समर्थन भने यथावत् रहने उनको भनाइ थियो । “प्रधानमन्त्रीले सरकार छाड भन्नुहन्छ भने छाड्न तयार छौं, बसेर सहयोग गर भन्नुहुन्छ भने त्यो पनि ठिक छ,” उनले भने, “मुख्य कुरा निर्वाचन सुनिश्चित हुनुपर्यो । हामी बाहिर बसे पनि चुनावका लागि सरकारलाई सहयोग गर्छौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

नेकपा एमालेसँगको चुनावी तालमेल र गठबन्धनलाई सरकारसँग जोड्न नमिल्ने महराको तर्क छ । मन्त्रीमण्डल विस्तार आचारसंहिता विपरीत भएको उनले बताए । 

आजै बिहान माओवादी अध्यक्ष दाहाल र परराष्ट्रमन्त्री महराले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर छलफल गरेका थिए । सो भेटमा दाहाल र महराले सरकार छाड्ने निर्णयमा आफूहरु पुगेको जानकारी देउवालाई गराएको स्रोतले बताएको छ । देउवाले पनि माओवादीले बाटो खुला गरिदिँदा नै आफूलाई सहज हुने बताएका थिए । 

Global Ime bank

माओवादीले प्रमुख प्रतिपक्ष दलसँग चुनावी तालमेल र पार्टी एकताको तयारी गरेपछि प्रधानमन्त्री देउवाले राप्रपाका ४ मन्त्री र ४ राज्यमन्त्री थप गरेका छन् । 
यसैबीच संयुक्त राष्ट्रसंघको ७२औँ महासभाले मानव अधिकार परिषद्मा नेपाललाई पनि निर्वाचित गरेको छ । 

विभिन्न देशका क्षेत्रगत आधारमा रहने परिषद्मा कूल ४७ देशका प्रतिनिधि रहनेछन् । सोमबार भएको निर्वाचनमा नेपाललगायत १५ नयाँ देशले उक्त परिषद्मा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् । एशिया–प्रशान्त क्षेत्रको चार खाली सदस्यमा भएको निर्वाचनमा नेपालसहित पाकिस्तान, कतार र अफगानिस्तान निर्वाचित भएका छन् । 

एशिया प्रशान्त क्षेत्रको चार सिटमध्ये एकमा नेपाल निर्वाचित भएको हो । यसबारे जानकारी दिन अयोजित पत्रकार सम्मेलनमा मन्त्री महराले २ वर्षको मेहनतबाट यो सफलता हात लागेको बताए । नेपालले अन्तर्राष्ट्रियस्तरमा मानव अधिकारको क्षेत्रमा प्रतिबद्धता जनाएअनुसारको काम गरेकाले निर्वाचित हुन सफल भएको उनले बताए । 

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र संघको ७२औँ महासभालाई सम्बोधन गर्ने क्रममा उक्त परिषद्मा नेपालको पनि प्रतिनिधित्व गराउन प्रस्ताव गरेका थिए । संयुक्त राष्ट्रसंघको विश्वभर मानव अधिकार रक्षा र प्रवद्र्धनका लागि स्थापित उच्चस्तरीय अन्तरसरकारी संयन्त्रका रूपमा उक्त परिषद्ले काम गर्ने गर्छ । नेपाललगायतका देशले आगामी जनवरी १, २०१८ देखि उक्त परिषद्को जिम्मेवारी जेनेभास्थित कार्यालयबाट वहन गर्ने भएका छन् । नेपालले गत अगष्टमा न्यूयोर्कस्थित स्थायी नियोगबाट उम्मेदवारी दिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC