site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नारायणकाजीको आत्मविश्वास– गोरखाका जनतामा बाबुरामप्रति विश्वास छैन, मैले चुनाव जित्छु
Sarbottam CementSarbottam Cement

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पछिल्लो समय नयाँ शक्तिका संयोजक डा। बाबुराम भट्टराईप्रति जनतामा नकारात्मक छाप परेको भन्दै आगामी मंसिर १० गते हुने प्रतिनिधिसभाको चुनावमा  आफूले गोरखा क्षेत्र नम्बर २ जित्ने दावी गरेका छन् ।

नेता श्रेष्ठले बाबुरामको ढुलमुले बानीका कारण गोरखाका जनताले उनलाई विश्वास नगर्ने र आफूले क्षेत्र नम्बर २ मा चुनाव जित्ने बताएका हुन् । बाह्रखरीसँग कुरा गर्दै नेता श्रेष्ठले भने, "बाबुरामजीको विश्वासनियता नै छैन, जनताले के विश्वास गर्ने ? पहिला माओवादी छोडेर नयाँ शक्ति बनाउँछु भन्दै जानुभयो, त्यसको केही वर्ष नबित्दै कम्युनिष्ट शक्ति बनाउनुपर्छ भनेर वाम गठबन्धनमा जोडिन आउनुभयो, फेरि केही हप्ता नहुँदै आफ्नै चुनाव चिन्ह लिएर लड्छु भन्नुभयो । अनि फेरि कांग्रेससँग तालमेल गर्छु भन्नुभयो यस्तो ढुलुमुले बानीले जनतामा के विश्वास रहन्छ ?"

Prabhu Bank
Agni Group
NIC Asia

गोरखा बाबुरामको बिर्ता नभएको टिप्पणी गर्दै  नेता श्रेष्ठले आफूले पनि गोरखा क्षेत्र नम्बर २ नछाडेको स्पष्ट पारे । उनले अगाडि भने, "बाबुरामजीले गोरखा २ बाट चुनाव लडेको पहिलो पटक हो । सधैं गोरखाबाट चुनाव लड्नलाई उहाँको बिर्ता हो ?  मैले चाहिँ गोरखाबाट चुनाव लड्न हुँदैन ? पार्टीको भोट ७ हजार भएपनि गोरखा २ बाबुरामलाई दिनुपर्छ भन्ने कुरा कतै लेखेको छ ?"

आफूहरुले भट्टराईलाई जताबाट भएपनि चुनाव जिताएर संसद्मा लैजाने बताएको तर नमानेको जिकिर पनि उनले गरे । उनले अगाडि थपे, "उहाँलाई हामीले समानुपातिक गराएर भएपनि संसद्मा ल्याउने भनेका थियौं, त्यति कुरा त मान्नु पर्‍यो नि ।"

Global Ime bank

असोज १७ गते एमाले र माओवादीबीचको वाम गठबन्धनमा नयाँ शक्ति पनि जोडिन पुगेको थियो । त्यसको केही हप्ता नबिँत्दै नयाँ शक्तिले आगामी चुनावको लागि गठबन्धनसँग १५ प्रतिशत सिट मागेको थियो । गठबन्धनले नयाँ शक्तिलाई १५ सिट दिन नसक्ने र माओवादी केन्द्रले गोरखा क्षेत्र नम्बर २ बाबुरामलाई नछोड्ने भएपछि नयाँ शक्ति गठबन्धनबाट बाहिरिएको थियो ।

गठबन्धनबाट बाहिरिएपछि नयाँ शक्तिले गोरखा क्षेत्र नम्बर १ र २ मा चुनावी तालमेल गर्ने भएको छ । गोरखा १ मा नयाँ शक्तिले नेपाली कांग्रेसलाई सहयोग गर्ने र २ मा नयाँ शक्तिलाई कांग्रेसले सहयोग गर्ने भएको छ ।

तस्बिर : नारायणकाजीको फेसबुक पेज

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४  १२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC